७ वैशाख २०८१ शुक्रबार
समाज

बेलायती अधिराजकुमारी नेपालमा

काठमाडौँ- बेलायती अधिराजकुमारी बिट्रिका नेपाल भ्रमणमा रहेकी छन्। नेपाल भ्रमणको क्रममा उनले आइतबार तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गरेकी छन्।

बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गरिन् । सो अवसरमा उनले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिएकी थिइन्।

अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गरेकी थिइन्। अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी निकै उत्साही भइन्। आँखा अस्पतालले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेकोप्रति उनले प्रशंसा गरिन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु उत्साही भएको बताउँदै अस्पताललाई सहयोग आउने आशा व्यक्त गरिन्। रासस
 

 

प्रकाशित: १६ आश्विन २०७३ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App