coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अज्ञात वस्तु पड्कदा एक बालकको मृत्यु, बालिका घाइते

मोरङ- अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । विराटनगर महानगरपालिका–१५ स्थित रामजानकी चोकमा शुक्रबार दिउँसो अन्दाजी १ बजे तिर विस्फोट भएको हो ।  

 निर्माणाधीन एक घरको कम्पाउण्डभित्र अज्ञात वस्तु विस्फोट भएको मोरङ प्रहरीले जनाएको छ । बालबालिका घरभित्र आगो ताप्दै गर्दा विस्फोट भएको र उक्त विस्फोटमा परी एक बालकको मृत्यु भएको र अर्की बालिका घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । विस्फोटबाट मृत्यु हुनेमा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डल रहेको  श्रेष्ठले बताए।  घाइते हुनेमा स्थानीय राजेश मण्डलको ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल छिन् । घाइते बालिकाको आँखामा र खुट्टामा चोट लागेको डिएसपी श्रेष्ठले बताए । घाइते बालिकको कोसी अञ्चल अस्पतालमा उपचारपछि विराटनगर आँखा अस्पताल लगिएको र त्यही उनको उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।

‘बालबालिकाहरु आगो ताप्दै गर्दा एक्कासी विस्फोट भएका हो’, डिएसपी श्रेष्ठले भने, ‘विस्फोट भएकै हो तर ठ्याक्कै यही भन्न सकिँदैन। ती नानीहरुले मोबाइल या घडीको ब्याट्री चलाउँदै गर्दा आगोमा परी विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। विस्फोटबाट घाइते बालक अमितको उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ पुस २०७५ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App