दुई हजार मिटर उचाईमा निस्कियो भूमिगत पानी

शुक्रबार, २७ पुष २०७५, १२ : ०४ अरूण बम

डाेटी - बडीकेदार गाउँपालिका–२ खड्यौलीमा झन्डै दुई हजार मिटर उचाईमा भूमिगत पानी निस्किएको छ। समुन्द्र सतहबाट एक हजार नौ सय ५० मिटर उचाईमा रहेको सो क्षेत्रमा ‘डीप ट्यूबेल’ मार्फत भुमिगत पानी निस्किएको हो। लामो समयदेखि पानीको समस्या झेलिरहेका उक्त गाउँपालिका स्थानीयवासी पानी निस्किएपछि हर्षित भएका छन्। पानीको समस्यालाई समाधान गर्न गाउँपालिकाले भूमिगत पानीको सम्भावना खोज्न योजना बनाएको थियो।

सोही योजना अनुसार पानीको स्रोत खोजी गरिएको थियाे। पानी निस्किएकै ठाउँमा अहिले गाउँपालिकाको केन्द्र रहेको छ। गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले भने,‘गाउँपालिकाका कार्यालय बस्यो र अन्य बजार पनि बढ्दै  गयो, यसले खानेपानीको समस्या बढ्दै जानथाल्यो,’ अन्य कुनै स्रोत नै भएन। त्यसैले भूमिगत पानीकै सम्भावना खोज्न योजना बनाएर अघि बढेका थियौँ।’

जुन योजना सफल भएको उनले बताए। ‘प्रयास सफल भएको छ, पानी निस्किया, अब यो योजनाले यहाँको खानेपानीको समस्या हटाउनेछ,’ उनले भने। छ सय १० फिट गहिराइबाट पानी निस्किएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दीपक पाण्डेले बताए।

‘निकै उचाईको ठाउँ भएकाले केही गहिराईमा पुग्नपर्‍यो,’ उनले भने,‘जे भएपनि पानी भेटिएको छ। यसले यहाँको खानेपानी समस्या समाधान गर्ने आशा पलाएको छ।’ पानी निकाल्ने काम धनगढीको एलबी ड्रिङ्कीङ कम्पनीले गरेको हो। पानी निकाल्न ३६ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।

पानी निकाल्न गरिएको परीक्षण सफल भएपछि अब यस याेजनालार्इ खानेपानी आयोजनाकाे रुपमा विकास गर्ने तयारीमा गाउँपालिका रहेकाे छ। ‘पानी निस्किएको  छ। अब यसलाई खानेपानी योजनाका रुपमा विकास गरिनेछ,’ गाउँपालिकाका कार्यपालिका सदस्य टोपबहादुर चन्दले भने,‘यसको सहि सदुपयोगले यहाँको समस्या हल गर्नेछ भन्ने आशा छ।’ सो प्रबिधि गाउँपालिकाका अन्य खानेपानीको स्रोत नभएका क्षेत्रमा बिस्तार गर्ने गाउँपालिकाको योजना रहने गाउँपालिका अध्यक्ष चन्दले जनाए।







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।