६ वैशाख २०८१ बिहीबार
खेल

कोपा डेल रे : लेभान्टेसँग बार्सिलोना स्तब्ध

काठमाडौं – साविक विजेता बार्सिलोनाले स्पेनिस कोपा डेल रे अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा लेभान्टेसँग २–१ गोलको अप्रत्यासित हार भोगेको छ।

लेभान्टको मैदानमा बिहीबार राति सम्पन्न खेलमा बार्साले चौंथो मिनेटमा नै गोल खाएको थियो। लेभान्टेका इरिक काबाकोले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १८ औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै लेभान्टेको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० ले पछि परेको बार्साका लागि ८५औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए। बार्सिलोनाले आफ्नो प्लेइङ ११ मा अधिकाशं दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो।

यो खेलमा लियोनल मेस्सी, लुइस स्वारेज र जेरार्ड पिकेलाई आराम दिइएको थियो। बार्सिलोनाले ला लिगामा लेभान्टेमाथि ५–० गोलको जित हात पारेको ३ साताभित्र उसैसँग हार व्यहोरेको हो। दोस्रो लेग आगामी बिहीबार बार्साको घरेलु मैदानमा हुनेछ। 

प्रकाशित: २७ पुस २०७५ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App