coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खोइ चार्जिङ स्टेसन ?

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन। तस्बिर : एजेन्सी

मन्त्रिपरिषद्को गत पुस ९ गतेको बैठकले काठमाडौं उपत्यकामा गुडाउन तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय गर्यो। सरकारले उपत्यकामा ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न विद्युतीय बस खरिद निर्णय गरे पनि अझैसम्म विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन तयार हुन सकेको छैन।

सरकारले आवश्यक तयारीबिनै विद्युतीय सवारीसाधन भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ। तर, काठमाडौं उपत्यकामा सरकारी तवरको अझैसम्म व्यवस्थित चार्जिङ स्टेसन अहिलेसम्म खुल्न सकेका छैनन्। काठमाडौं उपत्यकामा अहिले साझा यातायात प्रालिको कार्यालय पुल्चोकमा मात्रै चार्जिङ स्टेसन छ। राष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगमा चार्जिङ स्टेसन भए पनि त्यो सर्वधारणको पहुँचबाहिर छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा रहेको एक मात्रै चार्जिङ स्टेसन पनि नियमित छैन।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन खोलेर विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्ने बताउँछन्। ‘सरकारले आवश्यक कानुन बनाएर तत्कालै चार्जिङ स्टेसन खोल्ने वातावरण बनाउन जरुरी भइसक्यो,’ उनले भने, ‘विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने नीति लिएर मात्रै हुँदैन। आवश्यक उपकरण तथा पूर्वाधार नबनाएसम्म परिवर्तन आउनै सक्दैन।’ उनका अनुसार उपत्यका निश्चित स्थानमा चार्जिङ स्टेसन बनाएर विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

पछिल्लो समय उपत्यकामा विद्युतीय सवारीसाधन भित्रिन थालेसँगै अहिले चार्जिङ स्टेसनको समस्या देखिन थालेको छ। ‘पेट्रोल–डिजेल पम्प जहाँ भन्यो। त्यही सर्वसुलभ पाइन्छ,’ उनले भने, ‘विद्युतीय चार्जिङ स्टेसन भने कतै भेटिदैन। त्यसैले विद्युतीय सवारीसाधन जति  सर्वसाधारणले जति रोजाइमा पर्नुपथ्र्याे। सोही अनुसार पर्न नसकेको हो।’ उनका अनुसार सरकारले विद्युतीय सवारीसाधनको आयात र चार्जिङ स्टेसन निर्माणमा अनुदान दिएर अघि बढ्नुपर्ने देखिन्छ।

सरकारले उपत्यकामा ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न विद्युतीय बस खरिद निर्णय गरे पनि अझैसम्म विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन तयार हुन सकेको छैन।

काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन (कार, इलोक्ट्रोनिक स्कुटर भित्रिन थालेको एक दशक भइसक्यो। विद्युतीय सवारीका लागि चाहिने पहिलो अत्यावश्यक पूर्वाधार चार्जिङ स्टेसन भने उपत्यकामा नगण्य छन्। नेपाल इलेक्ट्रिक भेहिकल एसोसियसन नेपालका अध्यक्ष उमेश श्रेष्ठले अझैसम्म व्यवस्थितरूपमा विद्युतीय चार्जिङ स्टेशन स्थापना हुन नसकेको गुनासो गर्छन्।

‘विद्युतीय सवारी नेपालमा भित्रिन थालेको एक दशक भइसक्यो। तर, यो अवधिमा एउटा पनि व्यवस्थित चार्जिङ स्टेसन स्थापना हुन नसक्नु दुर्भाग्य हो,’ उनले भने, ‘अब सरकारले तत्कालै व्यवस्थित खालको चार्जिङ स्टेसन स्थापना गरेर विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न जरुरी भइसक्यो।’ विद्युत प्राधिकरणका अनुसार विद्युतीय बस चार्जिङ गन एक सय किलो भोल्टको ट्रान्सफर्मर आवश्यक पर्छ। चार्जिङको लागि स्टेसनमा पावर कन्र्भटर लगायतका उपकरण आवश्यक पर्छ।

विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले  प्राधिकरणले उपत्यकाका विभिन्न २० स्थानमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको बताइन्। ‘प्राधिकरणले उपत्यकाको २० स्थानमा विद्युतीय चार्जिङ स्टेसन बनाउने योजना अघि सारेको छ,’ उनले भनिन्, ‘अहिले चार्जिङ स्टेसनको लागि उपयुक्त ठाउँको खोजी गरिरहेका छौं।’ प्राधिकरणले चार्जिङ स्टेसनसम्बन्धी कार्यविधि र  सञ्चालन सम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको जनाएको छ।

‘विद्युतीय सवारीसाधन भित्रिने क्रम बढेसँगै चार्जिङ स्टेसनसम्बन्धी कार्यविधि र सञ्चालन निर्देशिकाको गृहकार्य भइरहेको छ,’ उनले भनिन्, ‘कार्यविधि ल्याएर व्यवस्थित र सुरक्षित खालको चार्जिङ स्टेसन बनाउन जरुरी भइसक्यो।’

वातावरणविद् तथा यातायात अभियन्ता तुलाधार सरकारले विद्युतीय सवारी प्रवद्र्धनका लागि चार्जिङ स्टेसन र डिप्पो निर्माण गर्न आवश्यक भइसकेको बताउँछन्। ‘पेट्रोल पम्प जताततै  छन्,’ उनले भने, ‘पेट्रोल पम्प जस्तै नभए पनि निश्चित स्थानमा भने चार्जिङ स्टेसन आवश्यक भइसक्यो।’ इलेक्ट्रिक भेहिकल एसोसिएसन अफ नेपालका अनुसार नेपालमा दुई हजारभन्दा धेरै विद्युतीय स्कुटर छन्।

प्रकाशित: २७ पुस २०७५ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App