प्रतिबन्ध फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : मुन

शुक्रबार, २७ पुष २०७५, ०९ : २५ एजेन्सी

69


सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन्। राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए। ‘मलाई विश्वास छ उत्तर कोरियाले व्यवहारिक ढंगबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ। उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जति चाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनेछन्,’ उनले बताए।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मुनको यस्तो विचार सार्वजनिक भएको हो। संयुक्त राज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखेको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौताबमोजिम आणविक निःशस्त्रीकरणका सवालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ। यिनै विवादलाई लिएर बेलाबखत दुवै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ।

राष्ट्रपति मुनले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। ‘मेरो सोचाइमा दुवै पक्ष जानकार छन्। उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्त्यका लागि बढी ठोस आणविक निःशस्त्रीकरण कदम चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ। अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ,’ उनले बताए। ‘तैपनि, आपसी मतभिन्नताका कारण दुवै देशले अरुका कुरा सुन्नु परेको छ। मेरो विचारमा त्यही कारण अहिलेसम्म दोस्रो अमेरिका–उत्तर कोरिया शिखर बैठक हुन सकिरहेको छैन,’ राष्ट्रपति मुनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। राष्ट्रपति मुनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरे। उत्तर कोरियाली नेता किमको यसै साता भएको चीनको भ्रमणले त्यसैलाई संकेत गर्छ। ‘अध्यक्ष किमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिका बैठक अब टाढा छैन भन्ने संकेत गरेको छ। चीनले अन्तर–कोरियाली संवादमा विगतझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,’ राष्ट्रपति मुनले बताए। उनले उत्तर कोरियाली नेता किमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गरे। सो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुने मुनले बताए। ‘दक्षिण कोरिया भ्रमणका लागि अध्यक्ष किमले व्यक्तिगत रूपमै प्रतिज्ञा गरेका छन् र घोषणा पनि भएको छ। तर यो कुरा उत्तर कोरिया–अमेरिकाबीचको दोस्रो शिखर बैठकसँग पनि जोडिएको छ,’ राष्ट्रपति मुनलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

राष्ट्रपति मुनले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्ध पुनःस्थापित गर्ने बताए। ‘हाम्रा अर्थतन्त्रमा पछिल्लो समय केही समस्या देखिएका छन्। विश्व व्यापारमा तनाबको स्थिति पनि छ। तर मेरो विश्वासमा उत्तर कोरियासँगको आर्थिक सहयोग, सम्पर्कले नयाँ र महत्वपूर्ण वृद्धिमा सघाउनेछ,’ मुनले बताए।







यसमा तपाईको मत


अन्य समाचार

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

नि: शुल्क भीपीएनले तपाईंको संवेदनशील डेटा चोरी गर्नसक्छन् ! ...

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

Ncell Footer Ad