साताको सिनेमा : ‘चौका दाउ’ र ‘भिलेन’

शुक्रबार, २७ पुष २०७५, ०९ : २२ नागरिक

6


काठमाडौं – शुक्रबारबाट कमेडी र एक्सन फ्लेभरका दुई फिल्म रिलिज हुँदैछन्। रिलिज हुनेमा पूणेन्दु झाको निर्देशन रहेको कमेडी फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको निर्देशन रहेको एक्सन फिल्म ‘भिलेन’ छन्।

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म ‘चौका दाउ’मा सौर्यजित बासकोटा र मनोज राजभण्डारीको लगानी छ। शम्भुजित बास्कोटाको परिकल्पना, कथा र संगीत रहेको फिल्ममा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजश्र ढुंगाना, विल्सनविक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल ‘जोगिन्दर’लगायतको अभिनय छ।

अभिमन्यु निरवीको पटकथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन, मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य छ।

त्यस्तै नायिका शिल्पा पोखरेल र नायक निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’मा शिल्पा चौधरी परिवारकी छोरीको भूमिकामा छिन्। फिल्ममा शिल्पा र निखिलसँगै नवनायक कपिल खत्री, निशा अधिकारी, ध्रुव कोइरालालगायतको अभिनय छ।

द ग्लोबल पिक्चरको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्ममा बलबहादुर श्रेष्ठ ‘सितल’ निर्माता तथा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता छन्। राजकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि र लालकुमार बरालको संगीत तथा शुक्रराज शाहको द्वन्द्व छ।







यसमा तपाईको मत


अन्य समाचार

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

नि: शुल्क भीपीएनले तपाईंको संवेदनशील डेटा चोरी गर्नसक्छन् ! ...

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

Ncell Footer Ad