८ वैशाख २०८१ शनिबार
कला

इङ्गेजमेन्टको सुरसार

मुम्बई – कलाकारद्वय रणवीर कपुर र आलिया भट्ट बलिउडको चर्चित जोडीमा पर्दछन्। केही समयदेखि यो जोडी डेटिङमा रहेको चर्चा चलिरहँदा उनीहरूको व्यवहार पनि त्यही किसिमको देखिँदै गएको छ। निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मा उनीहरूको क्रियाकलाप प्रेममय बन्दै गएको छ।

आलिया र रणबीरले एकअर्काको परिवारसँग राम्रो सम्बन्ध बनाइसकेका छन्। आलिया कपुर परिवारको हरेक पार्टीमा सहभागी भइरहँदा रणवीर पनि समय निकालेर आलियाको परिवारको पार्टीमा पुग्ने गर्दछन्।

समाचार अनुसार आलिया र रणवीरले चाँडै नै आफूहरूको सम्बन्धलाई नयाँ स्वरुपमा रुपान्तरण गर्दैछन्। अर्थात उनीहरू इङ्गेजमेन्टको सुरसारमा छन्। रणवीरकी आमा नीतू पनि रणवीर र आलिया जतिसक्दो छिटो इङ्गेजमेन्ट गरून् भन्ने चाहन्छिन्। रणवीर र आलियाको परिवार आगामी जून महिनामा इङ्गेजमेन्ट गराउने तयारीमा छन्। ‘नीतु रणवीर र आलिया ढिलो नगरीकन जून महिनामा इङ्गेजमेन्ट गरून् भन्ने चाहन्छिन्। तर यो विषयमा रणवीर र आलियाले कुनै धारणा बनाएका छैनन्’, नीतूकी एक आफन्तले भनेका छन्।

आलिया र रणवीर आफूहरूको सम्बन्धलाई पूर्णता दिन हतारोमा छैनन्। उनीहरू दुवै आफूहरूले अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’को रिलिज पछि मात्र सम्बन्धलाई पूर्णता दिने विषयमा योजना बनाइरहेका छन्। तर नीतू भने लामो समयसम्म पर्खिने मनस्थितिमा छैनन्। रणवीर आमा नीतूसँग धेरै नजिक छन्। अर्थात उनले आमाको कुनै कुरा काट्न सक्दैनन्।

निर्देशक अयान फिल्म ‘ब्रह्मास्त्र’लाई तीन चरणमा रिलिज गर्ने सोच बनाइरहेका छन्। यो रोमान्टिक सुपरनेचुरल जनराको फिल्ममा रणवीर र आलियाका अलवाा अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रायको पनि अभिनय छ।

फिल्मको छायांकन बुल्गारिया, न्यूयोर्क र लण्डनको सुन्दर लोकेसनमा भइसकेको छ। भारतको मुम्बईका केही लोकेसनमा पनि फिल्म खिचिएको छ। फिल्म आगामी क्रिसमसमा आउनेछ।

प्रकाशित: २७ पुस २०७५ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App