coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देश सकस र कपटपूर्ण अवस्थामा : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन्। पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन्।

पृथ्वीनारायण शाहका दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उनले भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको पूलबारी हो, मेरा साना दुःखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया,’ भन्ने दिव्य उपदेशको मर्मअनुरूपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ।’

एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने उल्लेख गर्दै ज्ञानेन्द्रले भनेका छन्, ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु-याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ।’

एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन भएको स्मरण गराउँदै उनले राष्ट्र निर्माणमा वलिदान गर्ने तमाम वीर वीरांगना एवं सपूतहरुको उत्सर्ग कहिल्यै भुल्न नहुने बताएका छन्। ‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौं,’ उनले भनेका छन्।

प्रकाशित: २७ पुस २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App