१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

सर्लाही – उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। ईश्वरपुर नगरपालिकाअन्तर्गत वयलबास बजारमा रहेको बोरा उद्योग बन्द गरेर घर फर्कंदै गर्दा ५२ वर्षीय मैनालीले चलाएको ना.२४ प ९७६९ मोटरसाइकल बिहीबार राति ८ बजे दुर्घटनामा परेको हो।

मोटरसाइकलले रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाँटीमा गहिरो चोट लागेका मैनालीको घटनास्थलमै मृत्यु भएको हो। रिक्साचालक भारत सीतामाढीका सुशील जयसवाल सामान्य घाइते भएका छन्।

प्रकाशित: २७ पुस २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App