७ वैशाख २०८१ शुक्रबार
समाज

१३ किलो गाँजासहित ३ जना नियन्त्रणमा

रौतहट– रौतहटको टेंग्राहा गाविसको मेवाटोलबाट आइतबार प्रहरीले १३ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जनालाई कारोवारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बारा जिल्लाको निजगढ बजार हुँदै जङ्गलको बाटो भएर रौतहटको टेंग्राहा गाविसको मेवा टोलतर्फ साइकलको क्यारियरमा सालको पातसहितको हाँगा राखेर आउँदै गरेको अवस्थामा बारा रतनपुर ४ का ३२ वर्र्षीय विष्णु लामा, १८ वर्षीय निरज पाख्रिन र २० वर्षीय अकिल गोलेलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लामाबाट ५ किलोग्राम, पाख्रिनबाट ३ किलो ७५० ग्राम र गोलेबाट साढे ४ किलोसहित १३ किलो २०० ग्राम लागु औषध गाँजासहित पक्राउ परेका तिनै जनालाई लागुऔषध ओसारपसार ऐन तर्फ कारवाही सुरु भएको प्रहरीका डिएसपी नविनकृष्ण भण्डारीले बताए।

प्रकाशित: १६ आश्विन २०७३ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App