७ वैशाख २०८१ शुक्रबार
अर्थ

१८ रोगमा युनियन लाइफको बीमा योजना,पत्रकारलाई २ लाखको नि:शुल्क बीमा

काठमाडौं 
युनियन लाइफ इन्स्योरेन्सले विभिन्न १८ प्रकारका घातक रोगको उपचारका लागि नयाँ बीमा योजना ल्याएको छ। युनियनका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले यो योजनामा समावेश हुन अन्य कुनै बीमा गरेको हुनुपर्ने र बीमा गरिसकेका बीमकले पनि यो योजनामा केही रकम थपेर सामेल हुनसक्ने बताए। १६ वर्ष उमेर पुगेका र ६० वर्ष ननाघेका सबै नेपाली सामेल हुने यो योजना नेपालमै पहिलो पटक युनियन लाइफले ल्याएको कम्पनीको दाबी छ। "मानौ तपाईले २० वर्षे बीमा गर्नु भएको छ र तपाईको प्रिमियम वार्षिक ५ हजार छ भने यो योजनामा सामेल हुन २ सय ८७ रुपैयाँ थप गरे पुग्छ" कर्णले भने। कर्णले अनुसार यो योजनामा समावेश हुने व्यक्ती १८ रोगबाट पीडित भएको प्रमाणित भए ५० लाख नै भुक्तानी गर्ने जानकारी दिए। 
पत्रकारलाई २ लाखको नि:शुल्क बीमा 
यस्तै कम्पनीले संचारकर्मीहरुको २ लाखको नि:शुल्क बीमा गरिदिने भएको छ। कम्पनीका बरिष्ठ नायव महाप्रबन्धक कोषराज सुवेदीले संचारकर्मीको पेशा र कामलाई ध्यान दिएर नि:शुल्क बीमा योजना ल्याएको बताए। सुवेदीका अनुसार सूचना विभागबाट प्राप्त पत्रकार परिचय पत्र र नगारिकताकको प्रतिलिपि लिएर आउने संचारकर्मीको २ लाखको बीमा कम्पनीले गरिदिने छ।
संचालनको एक वर्षमै कम्पनीले करिव ८० करोड प्रिमियम ल्याउन सफल भएको जनाएको छ भने १० वटा विभिन्न योजना ल्याएको बताएको छ। त्यस्तै कम्पनीले आइपिओ जारि गर्न धितोपत्र बोर्डमा निवेदन दिएको र केही महिनामै आइपिओ जारी गर्ने जनाएको छ।  

तस्बिर : दिनेश लुइटेल
बीमाहुने रोगहरु 
१ कडा प्रकृतिको क्यान्सर 
२ नियमित डायलासिसको आवश्यकता पर्ने गरि मृगौला फेल 
३ निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस 
४ प्रमुख अंग वा बोनम्यारो प्रत्यारोपण 
५ ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत 
६ ओपन चेस्ट सिएविजि 
७ स्थाई रुपमा भएको हातखुट्टाको पक्षघात 
८ माइयोकार्डिबल एन्फेक्सन 
९ मष्तिस्क घात 
१० ब्रेन ट्युमर 
११ अल्जाइमार्स रोग 
१२ विशेष कडा प्रकृतिको कोमा 
१३ कलेजोको विफल अन्तिम चरणमा 
१४ पर्किन्संस रोग 
१५ एओर्टा ग्राफ्ट सर्जरी 
१६ थर्ड डिग्री बर्न(पोलेको)
१७ बहिरोपना 
१८ बोल्ने क्षमता हराएको 

प्रकाशित: २६ पुस २०७५ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App