coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई वर्षमै पुनर्निर्माणको सबै काम सम्पन्न भइसक्ने : ज्ञवाली

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहीबार संघीय संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्राधिकरणको समय दुई वर्ष बाँकी रहेको र सो समयसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरे।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरण स्थापना भएको तीन वर्षमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको समितिमा जानकारी गराए। उनले नीति, कानुनी तथा संरचनागत सहित पुनर्निर्माणका कार्यहरु द्रुतगतिमा अगाडि बढेकाे जानकारी दिए। अनुदान सम्झौता गरेका मध्ये ९९ प्रतिशत भूकम्प पीडित लाभग्राहीले पहिलो किस्ता लिइसकेको र सबैलाई घर पुनर्निर्माण छिटो सक्न आग्रह समेत गरिएकाे बताए।

प्रकाशित: २६ पुस २०७५ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App