coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुली आश्रममा छन् बम्जन, अनुयायी भन्छन्ः चर्चाले खुसी छौं

रामबहादुर बम्जनकाे सिन्धुलीस्थित आश्रम

सिन्धुली - लिटिलबुद्ध नामले चिनिएका तपस्वी रामबहादुर बम्जन २०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न आउदा उनलाई हेर्न र भेट्न ठुलै भिड लाग्थ्यो । दर्शन गर्न पनि लामो समय लाइन बसेपछि बल्ल बल्ल पालो आउने गरेको थियो । करिब तीन महिना सिन्धुली बसेपछि  सर्लाहीको पथरकोट आश्रममा बस्न गए बम्जन । उनले त्यहाँपनि आफू बस्न सुरक्षित र व्यवस्थित महशुस गरेनन। त्यसपछि पुन पथरकोटबाट बम्जन २०७४ साल असोज देखि सिन्धुलीलाइनै आश्रम बनाएर बसेका छन् । कमलामाई नगरपालिका ८ स्थित पैरे भन्ने स्थानमा ठूलो आश्रम छ । त्यही आश्रममा एक निर्माणधीन अवस्थामै रहेको व्यवस्थित भवनमा उनि बस्छन् ।  

 बम्जन आश्रमबाट विभिन्न समयमा आफ्ना आफन्त हराएको भन्दै देशका विभिन्न जिल्ला प्रहरी कायालयमा बम्जन विरुद्ध जाहेरी परेपछि बम्जन फेरि चर्चामा आएका हुन् । सिन्धुपाल्चोक बाडेगाँउ आश्रममा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धान समेत गरिसकेको छ । तथापी बम्जन भने सिन्धुलीकै आश्रममै रहेको बोधि श्रवण धर्म संघले जनाएको छ । ‘गुरु यही आश्रममा हुनुहुन्छ,’ बोधि श्रवण धर्म संघका केन्द्रिय अध्यक्ष निलबहादुर थिङले भने।  सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरेमा बस्दै आएको भएपनि बम्जनले आफुमाथि लागेको आरोपको विषयमा सञ्चारकर्मीहरुले भेट्न चाहदा समेत भेटेनन्। जिल्लास्थित सञ्चारकर्मीको टोलिनै उनलाई भेट्न पटक पटक पुगेको भएपनि भेट दिएनन् ।

बम्जनका अनुयायी भन्छनः नकरात्मकै भएपनि चर्चा त चल्यो खुसी छौ

तपस्वि बम्जनमाथि उनका पाँच जना अनुयायीहरु बेपत्ता पारेको तथा आश्रममा यौन हिंसा भएको आरोपमा प्रहरीसहित देशैभर उनी चासोको विषय बनेका छन् । तर यति धेरै आरोप लागे पनि उनी सम्बद्ध बोधि श्रवण धर्म संघले सकरात्मक वा नकरात्मक जसरी भएपनि आफूहरु चर्चाको विषय बनेको खुसीनै लागेको बताएका छन् । धर्म संघका केन्द्रिय  अध्यक्ष निलबहादुर थिङले भने,‘बम्जनमाथि लागेको आरोप कपोकल्पित छन्।’ उनले भने, भ्रमक र नकारात्मक चर्चा भए पनि हामी खुसी नै छौ। चर्चा त चल्यो।’ उनले थप भनेका छन् ‘गुरुले बोल्न नपाए पनि गुरुकै निर्देशनमा हामीले यो खण्डन गरिहेका छौ,’ उनले भने, ‘आरोप लगाउनेलाई नै थाहा होला हामीबाट यस्तो हुदैन।’ संघकै केन्द्रिय सदस्य छत्र घिसिङले आनिहरु(महिला) बस्ने र गुरुमार्ग(पुरुष) बस्ने आश्रमनै छुट्टा छुट्टै हुने भएकाले यस्तो बोल्न ुनै पाप भएको बताए । हाम्रो आश्रममा श्रीमान् श्रीमतीनै भए पनि संगै बस्न मिल्दैन, उनले भने ।

     पक्राउ गर्ने आदेश छैन तर निगरानी गरिरहेका छौः प्रहरी

तपस्वी  बम्जनको आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार विहान यहाँको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट दुई जना बम्जनका अनुयायीलार्ई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

आश्रममा महात्मा गुरु भनेर चिनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले जानकारी दिए ।

 दुई जना अनुयायीहरुलाई नियन्त्रणमा लिए पनि बम्जनलाई भने प्रक्राउ गर्ने कुनै आदेश माथिको नभएको प्रहरीले जनाएको छ । बम्जनका आश्रमबाट पाँच बेपत्ता भएको आरोप सहित उनि विरुद्ध किटानी जाहेरी विभिन्न जिल्लामा परेको भएपनि सिन्धुलीमा उनि विरुद्ध कुनै पनि किटानी जाहेरी परेको छैन। किटानी जाहेरी नपरेकाले पक्राउ गने आदेश पनि नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘बम्जन सिन्धुलीमा रहेको जानकारी आएको छ, तर पक्राउ गर्ने आदेश छैन,’ उनले भने, ‘निगरानी बढाएका छौ।’

 

बम्जनको आश्रमबाट सञ्चलाल वाइवा र फुलमाया रुम्बा बेपत्ता भएको भन्दै मकवानपुर प्रहरीमा, सुरेश आलेमगरको खोजिका लागि बारा जिल्ला प्रहरीमा र चिनिमाया तामाङको खोजिका लागि नुवाकोट प्रहरीमा किटानी परेको छ । उनिहरु चारैजना २०७२ साल पछि सम्पर्क विहिन भएको आफन्तको भनाई छ। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले विभिन्न जिल्लामा जाहेरी परेपछि बम्जन आश्रममा सुरक्षा निगरानी बढाएको बताए । ‘हामीले निगरानी गरिरहेका छौ, त्यहाँ बस्नेहरुको डाटा लिने र निगरानी गर्ने कार्य भएको छ,’ उनले नागरिकसँग भने ।

प्रकाशित: २६ पुस २०७५ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App