coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व हिन्दी दिवस मनाइयो

काठमाडौं - भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा जनवरी १० लाई विश्व हिन्दी दिवसको रुपमा मनाइएको छ। 

हाेटल ह्यातमा आयोजित कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश पढेका थिए। सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा दिवस मनाइएको थियाे। दिवसमा गोपाल ठाकुर तथा श्री गुरूदेव कामतद्वारा हिन्दी भाषाका प्रख्यात कविका साङ्गीतिक प्रस्तुति गरियाे। उक्त अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइट लोकार्पण समेत गरियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारी तथा राजदूत पुरीले नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहितका २ वटा पुस्तकहरुको लोकार्पण समेत गरे। कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २ सय जना साहित्यिक व्यक्तित्वहरुले सहभागिता रहेकाे थियाे।

प्रकाशित: २६ पुस २०७५ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App