coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु

इटहरी- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेशामा आइतबार बिहान भएको दुर्घटना एक दम्पतीको मृत्यु भएको छ।

बिहान ९.१५ बजे मधेशा वडा नं. ४ मा भएको दुर्घटनामा स ३ प ११८७ नम्बरको मोटरसाइकल चालक सप्तरी लोहजरा वडा नं. ८ का ४५ बर्षीय मोअली हुसेन र उनकी श्रीमती ४३ बर्षीया नुर्जना खातुनको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम तर्फ जादैं गरेको मोटरसाइकलललाई स १ ज ३३८ नम्बरको मारुती भ्यानले ठक्कर दिदाँ श्रीमान–श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।  मारुती भ्यान ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिस्ठान धरान लादा लादै बाटैमा मृत्यु भएको हो । प्रहरीले मारुती भ्यान र चालक सुनसरी नरसिंह वडा नं. १ का २३ बर्षीय रिजवान मियाँलाई नियन्त्रणमा लिइ सकेको छ।

प्रकाशित: १६ आश्विन २०७३ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App