४ वैशाख २०८१ मंगलबार
खेल

रामोसको एक सय गोल पूरा, रियलको सहज जित

काठमाडौं –  रियल  मड्रिडले स्पेनिस कोपा डेल रे प्रिक्वाटरफाइनलको पहिलो लेगमा लेगानेसलाई ३–० गोलले पराजित गरेको छ। घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा रियलले ४४ औं मिनेटमा कप्तान सर्जियो रामोसको पेनाल्टी गोलमा अग्रता लिएको थियो।

यो सँगै उनले करियरको १०० औं गोल पूरा गरेका छन्। पहिलो हाफमा १–० को अग्रता लिएको रियलका लागि ६८ औं मिनेटमा लुकास  भाज्क्वेजले अग्रता दोब्बर पारे। ७७ औं मिनेटमा १८ वर्षीय ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर टिमका लागि तेस्रो गोल गरे। उनलाई ७८ औं मिनेटमा स्पेनिस युवा स्टार ब्राहिम डियाजले रिप्लेस गरेका थिए।

यसै साता म्यानचेष्टर सिटीबाट १५ मिलियन पाउन्डमा रियल गएका डियाजको यो डेब्यु खेल हो। अब दोस्रो लेग १६ जनवरीमा हुनेछ। अर्को खेलमा एथ्लेटिको मड्रिडले गेटाफेसँग एक–एक गोलको बराबरी खेल्दा भ्यालेन्सिया स्पोर्टिंग गिजोनसँग २–१ गोलले पराजित भएको छ।

प्रकाशित: २६ पुस २०७५ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App