टेलिभिजनमा सयन कक्षको दृश्य देखाउन बन्देज

बिहिबार, २६ पुष २०७५, ०९ : ०१ एजेन्सी

14


इस्लामाबाद – पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्ष र महिला र पुरुषको अन्तरंग दृश्य देखाउन नपाउने भएका छन्।

पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पिइएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मंगलबार जारी गरेको बताइएको छ। 

निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ। ‘पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ,’ पिइएमआरएद्वारा जारी वक्तव्य उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोशाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, सयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागूऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरंग सम्बन्धलगायतले पाकिस्तानी संस्कृति र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो दृश्य टेलिभिजनमा नदेखाउनु हुन आग्रह गरिन्छ,’ वक्तव्यमा लेखिएको छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...