८ वैशाख २०८१ शनिबार
कला

आइपिएलको छाँयामा बलिउड

मुम्बई – विश्वभरका प्रख्यात क्रिकेटरलाई मालामाल बनाउने इण्डियन प्रिमियर लिग(आइपिएल)को १२ औं संस्करण आगामी मार्च २३ बाट भारतमा शुरु हुँदैछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले भारतमा आइपिएल आयोजना गर्ने भने पनि यसको पुरा तालिका सार्वजनिक गरिसकेको छैन्।

क्रिकेट र फिल्मका दर्शक देखिसकेका फिल्म निर्माताहरू क्रिकेटको यो कुम्भ मेलाबाट बच्नका लागि फिल्मको रिलिज मिति सार्ने ध्याउन्नमा छन्। यो आइपिएल मे १२ सम्म चल्नेछ। यही समयमा बलिउडका यस्ता केही फिल्म रिलिज हुँदैछन्। जुन फिल्म लामो समयदेखि चर्चामा छन्।

आइपिएलको समयमा अक्षय कुमारको फिल्म ‘केशरी’ रिलिज हुँदैछ। फिल्म घोषणादेखि नै यो फिल्म मार्च २२ मा अर्थात आइपिएल शुरु हुने अघिल्लो दिन रिलिज हुने निश्चित भइसकेको छ। अनुराग सिंहमा बनेको यो फिल्म बेटल अफ सारागढीको कथामा आधारित छ। फिल्ममा परिणीति चोपडा पनि छिन्।

क्रिकेट र फिल्मका दर्शक देखिसकेका फिल्म निर्माताहरू क्रिकेटको यो कुम्भ मेलाबाट बच्नका लागि फिल्मको रिलिज मिति सार्ने ध्याउन्नमा छन्।

अक्षय मात्र होइन्। आइपिएलको छाँयाबाट निर्माता करण जोहरलाई पनि उस्तै खतरा छ। सन्जय दत्त र माधुरी दिक्षितको जोडीलाई लामो समयपछि आफ्नो फिल्म ‘कलंक’मार्फत दर्शकमाझ ल्याउने तयारी गरिरहेका उनको यो फिल्म अप्रिल १९ मा रिलिज हुँदैछ। यो फिल्ममा वरुण धवन र आलिया भट्ट पनि छन्।

राजकुमार राव र कंगना रनावतको फिल्म ‘मेन्टल हे क्या’ पनि मार्च २९ मा रिलिज हुँदैछ। विद्युत् जामवालको फिल्म ‘जंगली’ अप्रिल ५ मा रिलिज हुँदैछ। सलमान खान प्रोडक्सनको फिल्म ‘नोटबुक’ मार्च २९ मा दर्शकमाझ आउँदैछ। फिल्ममा नूतनकी नातिनी प्रनूतन बहल ‘डेब्यु’ गर्दैछिन्। नायिका सोनम कपुर र नायक दुलकेर सलमानको फिल्म ‘द जोया फ्याक्टर’ अप्रिल ५ मा रिलिज हुँदैछ।

क्रिकेटको कुम्भमेलाको समयमा फिल्म रिलिज गर्ने खतरा निर्माताले मोल्छन् या मोल्दैनन् भन्ने विषय बलिउडमा गर्माएको छ। अघिल्लो संस्करणको आइपिएल अप्रिल ७ देखि मे २७ सम्म चलेको थियो। यो समय रिलिज भएका केही फिल्मले मात्र नाफा कमाएका थिए।

आइपिएलकै समयमा रिलिज भएको हलिउड फिल्म ‘एभेन्जर्स इनफिनिट वार’ले भारतमा २ सय २७ करोड ४३ लाख रुपैंयाँ कमायो। यही बेला रिलिज भएका वरुण धवन–बनीता संधूको ‘अक्टोबर’ले ३९ दशमलब ०६ करोड, अमिताभ बच्चन र ऋषि कपूरको ‘१०२ नट आउट’ले ५२ दशमलब ०४ करोड, आलिया भट्टको ‘राजी’ले १ सय २३ दशमलब ८४ करोड र जोन अब्राहमको ‘परमाणु दी स्टोरी अफ पोखरण’ले ६५ दशमलब ८९ करोड कारोबार गरेको थियो।

प्रकाशित: २६ पुस २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App