निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

बिहिबार, २६ पुष २०७५, ०७ : ३८ नागरिक

धनगढी – निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो।

निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो। ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।

दोस्रोपटक कञ्चनपुरको भ्रमणमा आएका बेला नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालसँग निर्मलाका आफन्तले निर्मलाको भेजाइनल स्वाब सक्कली भएकोमा शंका रहेकाले जाँच गरिदिन माग गरेका थिए। ‘उनीहरूले आईजीपी आउँदा पनि भेजाइनल स्वाब निर्मलाको हो वा होइन भनेर जाँचिदिन माग गरेका थिए,’ उनले भने, ‘यो प्रहरीको चाहनाले भन्दा पनि उनीहरूको माग पूरा गरेका हौं।’ निर्मलाकी आमा दुर्गादेवीले बुधबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि महाकाली अञ्चल अस्पतालमा गई रगतको नमुना दिएकी थिइन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...