७ वैशाख २०८१ शुक्रबार
प्रवास

दर्शक खोज्दै खाडीमा नेपाली फिल्म

युएई-युएई लगायतका खाडी मुलुकमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्।  कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने भएको हो।

'युएईसँगै कतार, बहराइन र ओमनमा पनि एकै साथ नेपाली चलिचत्र प्रदर्शन गरिनेछ',  उनले भने, 'हामीले नेपाली चलचित्रको नयाँ बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जोड्ने प्रयास गरेका हौं।'

युएईमा अक्टुबर १४ देखि नेपाली चलचित्र प्रदर्शन हुनेछ। रोजगारीको सिलसिलामा युएई आएका नेपालीलाई लक्ष्यित गरी फिल्म देखाउन लागिएको हो। युएईमा करिब ५ लाख नेपाली जनसंख्या छ।

चाम्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको वीर बिक्रम नामक फिल्मबाट प्रदर्शन पहिलो प्रस्तुतिको रुपमा प्रदर्शन हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका प्रबन्ध निर्देशक राजन अधिकारीले जानकारी दिए। 

नेपाली फिल्म युएई लगायत कतार, बहराईन र ओमनमा एकै साथ प्रदर्शन हुनेछन्।

'युएईसँगै कतार, बहराइन र ओमनमा पनि एकै साथ नेपाली चलिचत्र प्रदर्शन गरिनेछ',  उनले भने, 'हामीले नेपाली चलचित्रको नयाँ बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जोड्ने प्रयास गरेका हौं।' नेपाली चलचित्र विदेशी बजारमा व्यवस्थित र वैधानिक बाटो अपनाएर प्रदर्शन गर्न लागिएको यो नै पहिलो हो।

चलचित्र प्रदर्शनका लागि युएईमा सबै तयारी पूरा भएको कन्सेप्ट भिजनका सञ्चालक शालिक सुवेदीले जानकारी दिए।

युएईमा अहिलेसम्म अवैधानिक रुपमा नेपाली फिल्महरु प्रदर्शन हुँदै आएका थिए। युएई सरकारसँग अनुमति लिएर वैधानिक रुपमा फिल्म प्रदर्शन गर्ने लागिएको यो पहिलो हो। 

कतार, बहराईन र ओमनमा पनि त्यहाँको कानुन बमोजिम वैधानिक बाटोबाटै चलचित्र प्रदर्शन गरिने बताइएको छ।

खाडी मुलुकहरुमा कामका लागि लाखौं नेपाली आएका छन्। नेपाली जनसंख्या खाडी केन्द्रित भएपछि दर्शक पछ्‌याउँदै नेपाली सिनेमा खाडी आउन लागेका हुन्।

 

प्रकाशित: १६ आश्विन २०७३ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App