७ वैशाख २०८१ शुक्रबार
खेल

नङ्जा र ललिता फाइनलमा

काठमाडौं – नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिड्न्त पक्का गरेका छन्।

बुधबार भएको बोसिगाउँमा भएको प्रतियोगिताको महिला ४८ केजी तौलको सेमिफाइनलमा नङ्जाले भारतकी दीपिकालाई अंकको आधारमा ४–१ ले हराइन्। महर्जनले भुटानकी तान्जिङ लामुलाई अंककै आधारमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाइन्। महिला ५१ केजीमा नेपालकी माला राई, ५४ केजीमा  नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगिता सुनारले फाइनल यात्रा तय गरेका छन्।

पुरुष स्पर्धामा पनि नेपालले नै वर्चश्व जमायो। ४९ केजीमा नेपालका तेजबहादुर देउवा र प्रदीप महर्जन फाइनलमा पुग्न सफल भए। ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाइनल भिड्न्त पक्का गरे। ५६ केजीमा नेपालका बिमल रोका र पुरन राईले फाइनलमा स्थान बनाए। ६० केजीमा नेपालका एकबहादुर घले र भुटानका निमा दोर्जी फाइनल पुगेका छन्।

६४ केजीमा नेपालका भुपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली उपाधिनजिक पुगेका छन्। ६९ केजीमा नेपालका विकास लामा र विष्णुप्रसाद घले र ७५ केजीमा नेपालका दीपक श्रेष्ठ र भारतका रवि सुनारले फाइनल भिड्न्त पक्का गरे।

प्रतियोगिताको गृहमन्त्री रामबहादुर थापाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई खेल सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। दुइदिने प्रतियोगिताका स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार तथा कांस्यले जनही ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

प्रकाशित: २६ पुस २०७५ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App