७ वैशाख २०८१ शुक्रबार
राजनीति

विखण्डनकारी विरुद्ध एकढिक्का हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

फाइल तस्बिर

कर्जन्हा(सिरहा) - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। 'कसैले भ्रम पाल्नुपर्दैन ओलीकै नेतृत्वकाे सरकार पाँच वर्ष चल्छ, ढुक्क हुनुस्' उनले भने।

‘सरकार सही दिशामा अगाडि बढिरहेको छ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा र कमजोरी औल्याइदिएर त्यसलाई सुधार गर्न सचेत गराउनैपर्छ,’ बुधबार सिरहाको कर्जन्हामा किसान नेता जय गोविन्द साहको २९ औं स्मृति सभामा बोल्दै नेता श्रेष्ठले भने,‘नेताबीच मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुन सक्ला तर, सरकार परिवर्तनको कुनै सम्भावना छैन्।’

संविधानमा परिमार्जन गर्नुपर्ने आवश्यता भए परिमार्जन गरेर देशलाई रुपान्तरणतर्फ अघि बढाउनुपर्नेमा उनले जाेड दिए। 'संविधानका अधिकारहरु सुरक्षित गर्न संविधानमा परिमार्जन गर्न खुल्ला छौं, तर राष्ट्रिय एकता विखण्डन गर्न खोज्ने कुनैपनि तत्वलाई सहन गर्न सक्दैनौ' उनले भने,‘मधेसी जनतालाई हतियार बनाएर देशमा विखण्डको आवाज उठाउने तत्वलाई असफल परिन्छ। अतिवादी कुनैपनि तत्वलाई परास्त गर्न सरकार दृढ छ, रहन्छ।’ विखण्डनकारी विरुद्ध एकढिक्का हुनुपर्नेमा उनले जोड दिए।

 

प्रकाशित: २५ पुस २०७५ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App