coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

भूकम्पपछि पुनर्निर्मित सिन्धुपाल्चोक, पाँचपोखरी–थाङपाल गाउँपालिकाको लागार्चेस्थित ओखरेनी गाउँ र बौद्ध स्तुपा । जुगल हिमशृंखलाको काखमा घर र स्तुपा ठड्याएर स्थानीयले गुमेको चमक फर्काएका छन् । तस्बिर: ध्रुव दङ्गाल/नागरिक

सिन्धुपाल्चोक - जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् । 

महालेखा नियन्त्रकको कार्यालयले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट बञ्चित भएका हुन् । भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ४० हजार पीडितको आवास निर्माणमा जाइकाले ऋण सहयोग उपलब्ध गराएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार÷जिमाली)का अनुसार रकम फुकुवा भएर नआउँदा मंसिर अन्तिम सातादेखि पीडितले अनुदान पाउन नसकेको जनाएको छ । 

रकम फुकुवा नआउँदा ३ हजार ५ सय भन्दाबढी पीडितले अनुदानको विभिन्न किस्ता पाउन सकेका छैनन् । पीडितका नाममा बनेको चेक कोष तथा लेखा नियन्त्रकको कार्यालयमा थुप्रिएको छ ।

‘यसबाट पुनर्निर्माण नै प्रभावित भएको छ,’ आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले नागरिकसँग भने । समायोजनको विषयलाई लिएर मलेनिकाका कर्मचारी काम छाडेर आन्दोलनमा उत्रेपछि जाइकाले ऋणमा उपलब्ध गराएको दोस्रो चौमासिक रकम फुकुवा हुन नसकेको उनले बताए। सरकारी रकम खर्च गर्न अर्थ मन्त्रालय हुँदै काेलेनिकाले फुकुवा दिनुपर्छ । 

जिमालीका अनुसार रकम फुकुवा नआउँदा ३ हजार ५ सय भन्दाबढी पीडितले अनुदानको विभिन्न किस्ता पाउन सकेका छैनन् । पीडितका नाममा बनेको चेक कोष तथा लेखा नियन्त्रकको कार्यालयमा थुप्रिएको छ । ‘बनेका धेरै चेक दोस्रो र तेस्रो किस्ताका छन् । पहिलो पनि अलि कम छ,’ व्यवस्थापक गुप्ताले बताए । पहिलै किस्ता नपाउँदा पीडितले घर बनाउन सुरु गर्न सकेका छैनन् भने दोस्रो नपाउँदा पीडितले पुनर्निर्माण नै रोकेका छन् । घर बनाइसकेका पीडित कसरी ऋण तिर्ने र कामदार ज्याला भूक्तानी गर्ने भन्ने सकसमा परेका छन् ।

पहिलै किस्ता नपाउँदा पीडितले घर बनाउन सुरु गर्न सकेका छैनन् भने दोस्रो नपाउँदा पीडितले पुनर्निर्माण नै रोकेका छन् । घर बनाइसकेका पीडित कसरी ऋण तिर्ने र कामदार ज्याला भूक्तानी गर्ने भन्ने सकसमा परेका छन् ।

जिमालीले दैनिक पीडितका नाममा दुई सय हराहारी चेक बनाएर कोलेनिका पठाइरहेको छ । ‘रकम फुकुवाका लागि पटक–पटक अनुरोध गरिरहे पनि कोलेनिका कर्मचारी आन्दोलन देखाएर पन्छिरहेको छ,’ गुप्ताले भने। दैनिक ठूलो संख्यामा पीडित अनुदान किस्ता नआएको गुनासो लिएर सदरमुकाम आइरहेको उनले सुनाए । 

जाइकाले खर्चका आधारमा चौमासिक रुपमा रकम निकासा गर्दै आएको छ। साउनमा दिएको पहिलो किस्ता कात्तिकमा सकिएको थियो । मंसिरमा आउनुपर्ने दोस्रो चौमासिक पुस बित्न लाग्दा कहिले आउने भन्ने पत्तो छैन। जाइकाले भने मंसिरमै चौमासिक रकम उपलब्ध गराएकोे थियो। 

सिन्धुपाल्चोकका तत्कालीन ३१ गाविसमा ४० हजार ९६ र गोरखाका १६ गाविसमा झण्डै १५ हजार घर पुनर्निर्माणको लागि जाइकाले ऋण अनुदान उपलब्ध गराएको छ । गत वर्ष जाइकाले झण्डै ६ अर्व ऋण नेपाल सरकारलाई उपलब्ध गराएको थियो। जाइका र नेपाल सरकारबीच सुन्य दशमलव सुन्य एक प्रतिशत ब्याज दरमा ४० वर्षका लागि ऋण सम्झौता भएको थियो। 

 

प्रकाशित: २५ पुस २०७५ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App