coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

फाइल तस्बिर

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) मधेश तथा थारु आन्दोलनमा भएको मानवअधिकार उल्लंघन संबन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बुधबारको संसदको वैठकमा बोल्दै राजपाका प्रमूख सचेतक लक्षमणलाल कर्णले सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरे सरकार विरुद्द उत्रने चेतावनी समेत दिएका हुन्।

मधेस तथा थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन सरकारले ०७३ असोजमा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो। आयोगले १ वर्ष पहिलेनै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। मानव अधिकार उल्लंघनका घटना छानविन गरी दिएको उक्त प्रतिवेदन हालसम्म सरकारले सार्वजनिक नगरेपछि सभामुखमार्पmत सरकारको ध्यानाकर्षण गराएका हुन्।  संसदमा उनले भने, ‘ प्रतिवेदन किन सार्वजनिक भएन? कि प्रधानमन्त्री फेरिएपछि कार्यालयका सबै कागजात दहन(जलाउने) हुन्छ?'कर्णको मागपछि सभामुख कृष्णबहादुर महराले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
  

 

प्रकाशित: २५ पुस २०७५ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App