coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

काराबाओ कप : चेल्सीमाथि टोटेनह्यामको कठिन जित

काठमाडौं –    इङ्लिस फुटबल प्रतियोगिता काराबाओ कपमा टोटेनह्यामले चेल्सीमाथि १–० को कठिन जित हात पारेको छ। मंगलबार राति सम्पन्न पहिलो लेगमा टोटेनह्यामलाई जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरेका थिए।

रोमाञ्चक बनेको खेलको २६ औं मिनेटमा चेल्सीका किपाले केनलाई डिबक्स भित्र फउल गरेपछि पाएको पेनाल्टीलाई केनले नै गोल गरेका थिए। त्यसपछि पनि दुबै टिमले केहि राम्रा मुभ बनाएपनि गोल गर्न नसक्दा टोटेनह्याम विजयी भयो। टोटेनह्यामका लागि केनले अहिलेसम्म प्रहार गरेका २५ पेनाल्टीमा २१ मा गोल गरेका छन्।

अब दोस्रो लेग चेल्सीको घरेलु मैदानमा जनवरी २४ तारिखमा हुनेछ। टोटेनह्यामले चेल्सीविरुद्ध सन् १९६३ पछि लगातार ३ खेलमा जित निकालेको हो।

प्रकाशित: २५ पुस २०७५ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App