coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘हृदय भरी’मा पल–श्रद्धा जोडी

काठमाडौं – एक वर्ष अघि आफू निर्देशित फिल्म ‘रातोघर’को प्रदर्शनपछि अमेरिका गएका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले नायक पल शाह र नवनायिका श्रद्धा क्षेत्रीलाई जोडीका रूपमा लिँदै नयाँ फिल्म ‘हृदय भरी’को घोषणा गरेका छन्। नाल्बोकै लेखन तथा निर्देशन हुने फिल्मको सोमबार राजधानीमा घोषणा गरियो।

घोषणा कार्यक्रममा निर्देशक नाल्बोले फिल्मले अहिलेको समयको युवापुस्ताको कथा भन्ने भएकाले पनि पल र श्रद्धालाई लिइएको बताए। ‘हामीलाई चकलेटी हिरो र फ्रेस अनुहार चाहिएको थियो। त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौं। श्रद्धा कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै नै माया गर्छिन्’, निर्देशक नाल्बोले भने, ‘पलसँग जोडी पनि सुहाउने भएकोले उसलाई डेब्यु गराउन लागेका हौं। मेरा अघिल्ला फिल्मले झैं यो फिल्मले पनि मनोरञ्जनसँगै सन्देश पनि दिनेछ।’

नायक पलले फिल्मले दर्शकलाई बाध्नेमा आफू ढुक्क रहेको बताए। ‘फिल्मको विषयवस्तु राम्रो छ। फिल्ममा मलाई अघिल्ला फिल्मको भन्दा फरक किसिमको चकलेटी ब्वाईको रूपमा दर्शकले हेर्न पाउनु हुनेछ’, पलले भने, ‘मेरो लागि फिल्म संख्याभन्दा पनि गुणस्तर महत्वपूर्ण कुरा हो। फिल्मको टिम राम्रो छ। त्यसैले दर्शकले खोजे अनुसारको फिल्म दिने तयारीमा छौं।’

नवनायिका श्रद्धाले आफूलाई फिल्ममा अभिनय गर्ने बाल्यकालदेखिकै रहरलाई मूर्त रूप दिन मोडलिङ हुँदै फिल्ममा आइपुगेको बताइन्। ‘मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउन मन थियो। मलाई पहिला त चरित्रले नै प्रभावित बनाएको हो’, उनले भनिन्, ‘मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउँदैछु।’ फिल्मका निर्माता निकेश लिम्बुले फिल्मको कथाबस्तु राम्रो रहेको बताए।

फिल्ममा पल शाह, नीर शाह, सुनिल थापा, आकाश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्रीलगायतको अभिनय रहनेछ।

एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन र दीपेन्द्र फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईको लगानी हुनेछ। फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरि लम्साल, दीपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन र बिपिन मल्लको सम्पादन रहनेछ। फिल्मको छायांकन फागुनको तेस्रो साताबाट सुरु हुनेछ।

प्रकाशित: २५ पुस २०७५ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App