१६औं सत्याग्रह तयारीमा डा.केसी

बुधबार, २५ पुष २०७५, ०८ : २२ भीम चापागाईं

81


इलाम – चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना मागविपरीत चिकित्सा शिक्षा ऐनको विधेयक समितिमा पठाएपछि केसी सत्याग्रहको निर्णयमा पुगेका हुन्। ‘विधेयकमाथि समितिले बुधबार आफूसँगको सहमतिविपरीत निर्णय गरे अपराह्न ५ बजे १६औं सत्याग्रह सुरु गर्नुपर्ने हुनसक्छ,’ डा.केसीले नागरिकन्युजसँग भने, ‘अबको लडाइँ माफितायन्त्र, घुसखोरी र दण्डहीनताविरुद्ध पनि हुनेछ।’

सत्याग्रहका लागि डा.केसी मंगलबार नै सदरमुकाम आएका छन्। उनले संसद्को समिति सरकार प्रमुखकै निर्णयमा चल्ने भन्दै आफ्ना माग पूरा हुने–नहुने प्रधानमन्त्रीमा भर पर्ने बताए। ‘ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले भरे ५ बजेसम्ममा माग पूरा गरेनन् भने सत्याग्रहको विकल्प छैन,’ उनले भने, ‘विद्यार्थीमुखी र जनमुखी ऐन ल्याउनुपर्छ भन्ने मेरो माग हो।’

साउन १० को सहमतिपछि विज्ञप्ति निकालेर डा.केसीले ऐन ल्याउन पुस १७ सम्मको अल्टिमेटम दिएका थिए। त्यसपछि संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले केही समय मागेपछि उनले थप २ दिन समय दिए। गत १७ गते सत्याग्रहका लागि इलाम आइपुगेका डा.केसीले समितिले पुनः केही दिन ‘पर्खिदिन’ भनेपछि बुधबारसम्मलाई सत्याग्रह सारेका थिए।

जुम्लामा २७ दिन आमरण सत्याग्रहमा बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका छन्। उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नो चौथौ सत्याग्रहदेखिकै माग रहेको बताए।

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिनुपर्ने मागसमेत राखेका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...