८ वैशाख २०८१ शनिबार
समाज

डलर देखाएर ठगी गर्ने दुई पक्राउ

काठमाडौं – कागजका मुठामा बाहिर डलर राखी ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ रहेका छन्।

महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम ठगी गर्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरुले २० लाखभन्दा बढी ठगेका छन्। उनीहरुले लामो समयदेखि राजधानीको विभिन्न ठाउँमा डलर साटिदिन्छु भनेर एकान्तमा लगेर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार उनीहरुलाई ठगी गरेको आरोपमा मुद्दा चलाइनेछ।

प्रकाशित: २५ पुस २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App