सुदूरपश्चिम खप्तड गोल्डकप

काँकरभिट्टा ट्रेनिङ सेन्टरको विजयी सुरुवात, सडन डेथमा आयोजक स्तब्ध

बुधबार, २५ पुष २०७५, ०५ : ५७ दिलबहादुर छत्याल

धनगढी – सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा मेची नेत्रालय काँकरभिट्टा ट्रेनिङ सेन्टरले गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनको मद्दतमा आयोजक टिम सुदूरपश्चिम–११ लाई स्तब्ध बनाएको छ।

निर्धारित समय दुवै टिमको गोलरहित बराबरीमा सकिएपछि सडन डेथबाट नतिजा निकालिएको थियो। सडनडेथमा काक्करभिट्टाले ७–६ को जित दर्ता गरेको हो। सडन डेथमा लावल ओलाकानको प्रहार आकासिँदा काँकरभिट्टाको जित पक्का भएसँगै घरेलु दर्शक स्तब्ध बनेका थिए।

दर्शकले भरिभराउ धनगढी रंगशालामा आयोजक टिमले खेलको अधिकाशं समय आक्रामक खेले पनि गोल गर्न सकेन। खेलको दशौं मिनेटमा आयोजकका बिनोद केसीले मौका पाएका थिए। तर, २३औं मिनेटमा विनोद केसीले पेनाल्टीक्षेत्र बाहिरबाट गरेको भलि प्रहारलाई पनि गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर असफल पारेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पाँचाैं मिनेटमै आयोजकका चेतन थारुले गरेको हाफ भलि प्रहारलाई काँकरभिट्टाका गोलकिपर दीपले बचाएका थिए। नवौं मिनेटमा भुषण लिम्बुको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन।

खेलको अन्तिमसमयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर रिबाउन्ड आएको बलमा माधव भण्डारी गोल गर्नबाट चुकेका थिए। सडन डेथमा पनि माधवको प्रहारलाई काँकरभिट्टाका गोलकिपर दीप कार्कीले रोकेका थिए।

दीपले नै राकेश हमालको प्रहार पनि रोक्दै सुदूरपश्चिमलाई जितबाट टाढा पुर्याएका थिए। त्यसपछि लावल ओलाकानको प्रहार अकासिएपछि काँकरभिट्टाको जित निश्चित भयो। सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारुले गोल गरेका थिए।

काँकरभिट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निसान लिम्बु, विकास राई र विशाल राईले गोल गरेका थिए। कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोलमा परिणत हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकरभिट्टाका गोलकिपर दीप कार्की म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। काँकरभिट्टाले आगामी पुस २८ गते एपिएफको सामना गर्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लब र  मोरङ–११ बीच खेल हुनेछ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad