७ वैशाख २०८१ शुक्रबार
राजनीति

लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाऔं : अध्यक्ष दाहाल

फाइल तस्बिर

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजङ्ग माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिकै आधारमा नेपालमा धेरै ठूल्ठूला परिवर्तन भएकोले मुलुकको विकास र समृद्धिका लागि  राष्ट्रिय सहमति आवश्यक रहेकाे बताए। उनले भने, “अब विकास निर्माणमा आपसमा लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाउने संकल्पमा पनि हाम्रो राष्ट्रिय सहमति आवश्यक छ, यसका लागि म र हाम्रो पार्टी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससँग लगातार संवादमा छौँ।”

दाहालले राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि सबै दल एक हुनुपर्नेमा जाेड दिए। अध्यक्ष दाहालले राष्ट्रिय सहमतिबाट नै नेपालको संविधान बनाइएको र यसलाई परिमार्जन गरी विकास गर्दै लैजाने जिम्मा पनि राजनीतिक नेतृत्वकै रहेकाे बताए। 'हामीले बनाएको संविधान साँचिकै मौलिक छ' उनले भने, 'यसलाई सफल पार्ने दायित्व पनि निर्माण गर्नेहरुकै हो।'रासस
 

प्रकाशित: २४ पुस २०७५ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App