coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मी फाल्गुनन्द गोल्डकपकाे सेमिफाइनलमा

बल नियन्त्रणमा लिने प्रयासमा फिदिम स्पोर्टिङ (सेतो) र त्रिभुवन आर्मी क्लबका खेलाडी । तस्बिर : गिरिराज/नागरिक

पाँचथर - टाइब्रेकरमा गोलकिपर विश्वास चौधरीको उत्कृष्ट दुई बचाउ गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ४–१ ले निरास पार्दै दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा  प्रवेश गरेको छ।

निर्धारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा फिदिमका सरन बस्नेत र ओमबिक्रम घलेको प्रहारलाई गोलकिपर चौधरीले उत्कृष्ट बचाउ गरेका थिए। फिदिमका प्रविण जवेगुको प्रहारमात्रै गोलमा परिणत भएको थियो। आर्मीका राजिव गुरुङ, राजेश पौडेल, विश्वास चौधरी र एरिक बिष्टले गोल गरेका थिए।

३१औं मिनेटमा राजिव गुरुङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रता दोस्रो हाफमा आर्मीले जोगाउन सकेन। ६९औं मिनेटमा फिदिमका प्रविण जवेगुले गोल गर्दै बराबरी बनाएका थिए।

लगत्तै फिदिमका खेलाडी स्टेफनले गोल थप्दै अग्रता दिलाए। ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा  गोलकिपरलाई बिट गर्दै स्टेफनले उक्त गोल गरेका थिए। तर, यो अग्रता लामो समयसम्म टिक्न सकेन। ७३औं मिनेटमा आर्मीका गुरुङले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। बुधबारको खेलमा डिफेन्डिङ च्याम्पियन सुनसरी–११ ले ‘ए’ डिभिजन क्लब सरस्वतीको समना गर्नेछ।

प्रकाशित: २४ पुस २०७५ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App