८ वैशाख २०८१ शनिबार
समाज

आर्थिक अनियमितता भएको भन्दै वडाध्यक्ष विरुद्ध प्रशासनमा निवेदन

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयबाट सञ्चालित बिभिन्न योजना सञ्चालनका क्रममा वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक अनियमितता गरेको भन्दै मंगलबार गोपालसिं राई र गजेन्द्र राईले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएका छन्।

वडामा सञ्चालित सडक निर्माण, खानेपानी योजना, गोठेमल सुधार, वडा कार्यालयको भवन निर्माण, खानेपानीको हिलट्यांक तथा पाईप वितरण, किवीको बिरुवा खरिद, अपांगता कार्यक्रम लगायतका योजनामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै निवेदकले प्रशासन समक्ष स्थलगत निरिक्षण गरी अपचलन भएकाे रकम असुल गर्नुका साथै दोषीमाथि कानुनी कारबाही माग गरेका छन्।

उनीहरुले वडाध्यक्षमाथि उपभोक्ता भेला नगरी आफुखुसी आफ्ना मान्छेलाई राखेर किर्ते कागज बनाएर उपभोक्ता समिति गठन गर्ने गरेको, योजनामा बिनियोजित बजेट र खर्चबारे जनतालाई जानकारी नदिर्इ उपभोक्ता समिति गठन गर्ने गरेको, योजनाको सार्वजनिक सुनुवाई कहिल्यै नगरेको, १० लाखमाथिका योजनामा होर्डिङबोर्ड राख्नुपर्ने कानुनी प्रावधान भएपनि बेवास्ता गरिएको लगायतका आरोप लगेका छन्। 

 

प्रकाशित: २४ पुस २०७५ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App