७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम बेईजिङमा

तस्बिर : एजेन्सी

चीन - उत्तर कोरियाली नेता किम जोङ उन चार दिने भ्रमणका लागि मंगलबार बेईजिङ पुगेका छन्। अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पसँगको दोस्रो भेटवार्ताको तयारीका लागि भन्दै चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा उन बेईजिङ पुगेका हुन।

यसअघि गत जुनमा उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सिङ्गापुरमा पहिलो भेटवार्ता भएको थियो। उत्तर कोरियाली समाचार संस्थाले जनाए अनुसार किम श्रीमती री सोल जु र अन्य उच्च अधिकारीसहित दिउँसो बेईजिङ पुगेका हुन्।

उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै बेईजिङ पुगेका हुन्। किमको भ्रमणका क्रममा चीन र उत्तर कोरियाबीच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत  हुने बताइएको छ। उत्तर कोरिया र चीनको एक महत्वपूर्ण व्यापारिक साझेदार समेत हुन्। सन् २०११ मा किम सत्तामा आएपछि पनि चीन उत्तरमाथि पहिलेजस्तै प्राभाव पारिरहन चाहन्छ। किमको यो भ्रमणले अमेरिका र उत्तर कोरियाबीच हुँदै आएको दशकौं लामो आणविक हतियारको विवाद समाधान हुने मानिएको छ। सन् २०१७ मा उत्तर कोरियाले ठुलो परिमाणमा न्यूक्लियर टेस्ट गरेपश्चात अमेरिकासँग झन्डै युद्धको अवस्थामा पुगेको थियो।

यसअघि पनि ट्रम्पसँग भेटगर्नु अघि किमले तीन पटक चीन भ्रमण गरेका थिए। अमेरिका, उत्तर कोरियापूर्ण रुपमा न्यूक्लियर हतियार मुक्त भएको हेर्न चाहन्छ। अमेरिकाको आग्रह अनुसार उत्तरले केही मात्रामा न्यूक्लियर हतियारमा कमी समेत गरेको छ। उता अमेरिकाले उत्तरमाथि आर्थिक नाकावन्दी समेत गरेको छ। अमेरिका र उत्तरकोरियाबीच उत्पन्न तनाव कम गर्न चीन मध्यस्तकर्ताको उचित भुमिका खेल्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कङग्ले वताए। 

प्रकाशित: २४ पुस २०७५ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App