coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

'ए' डिभिजन लिग सकियाे, मनाङले उचाल्याे आठौं पटक उपाधि

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग सकिएको छ। यो सिजनको लिगको उपाधि आठौं पल्ट मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। मनाङले लिग अन्तर्गतका आफ्ना २ खेल खेल्न बाँकी छदै उपाधि सुरक्षित गरिसकेको थियो। अपराजित रहँदै लिगको उपाधि हात पार्ने मनाङको सपना भने पुरा हुन सकेन। मंगलबार भएको अन्तिम खेलमा मनाङ फ्रेन्डस् क्लबसँग १-० ले पराजित हुन पुग्यो।

यसअघि १२ खेलमा सत प्रतिशत जित निकाल्दै करिब ४ वर्षपछि भएको लिगमा उत्कृष्ट प्रदर्शन गरेको मनाङले यो सहित किर्तिमानी आठौं पल्ट ए डिभिजन लिगको उपाधि जितेको छ।

गत असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोली मनाङले ५० लाख प्राप्त गरेको छ भने एएफसी एसियन कपमा समेत सहभागिता जनाउन पाउने भएको छ। यस्तै दोस्रो भएको संकटाले ३५ लाख तेस्रो भएको थ्रि स्टारले २५ लाख पाएको छ। मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिग जितेको थियो।

यस्तै प्रतियाेगिताकाे उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, उत्कृष्ट गोलरक्षक मनाङका विशाल श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षक मनाङकै सुमन श्रेष्ठ भए। उत्कृष्ट खेलाडीहरुले एक थान माेटरसाइकल र नगद ५० हजार प्राप्त गरे। फेयर प्लेकाे उपाधि भने  ब्रिगेड ब्वाइज क्लबले प्राप्त गर्याे। यस्तै  'मणि बिक्रम शाह युवा खेलाडी अवार्ड' आर्मीका विकास खवासले प्राप्त गरे। उनले एक लाख प्राप्त गरे।

प्रकाशित: २४ पुस २०७५ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App