८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँपालिकाको केन्द्र तोक्न काठमाडौंमा डेलिगेसन

जाजरकोटको जुनीचाँदे गाउँपालिकाको केन्द्रको विवाद मिलाउन सिंहदरवारस्थित वनतथा वातावरण मन्त्रालयमा वसेको जनप्रतिनिधि र दलका नेताहरुको सर्वपक्षीय वैठक।

जाजरकोट - निर्वाचन भएको डेढ वर्षसम्म पनि गाउँपालिकाको केन्द्र तोक्न नसकेको यहाँको एक गाउँपालिकाको केन्द्रको विवाद मिलाउन जाजरकोटका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं पुगेका छन्। जिल्लाको जुनीचाँदे गाउँपालिकाको केन्द्र आपूmले भनेको ठाउँमा हुनुपर्ने भन्दै २ खेमामा विभाजित भएका जनप्रनिनिधि र दलका नेताहरु काठमाडौंमै गएर विवाद गर्न थालेको वुझिएको छ। काठमाडौंमा रहेका जाजरकोटका साँसद तथा वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतको कार्यकक्षमा दुइ तीन पटक वैठक गरेका उनीहरुका बीचमा कुनै सहमति नभएको नेपाली काँग्रेस जाजरकोटका उपसभापति सर्पराज रावतले बताए।

स्थानीय तह घोषणा गर्दा सरकारले जुनी चाँदे गाउँपालिकाको केन्द्र सानाखोला भनेर तोकेको थियो। सरकारले सुरुमा तोकेको साना खोलामा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने एक थरीका जनप्रतिनिधिहरुको भनाइ छ भने गाउँसभाको वहुमतले गरेको निर्णय अनुसार लुवादहमा केन्द्र हुनु पर्नेमा अर्काे पक्षका जनप्रतिनिधि छन्। 

गाउँपालिका केन्द्र विवादका कारण गत डेढ वर्षदेखि कर्मचारीहरु गाउँ जान सकेका छैनन्। कर्मचारीहरुले खलंगावाटै काम गरिहेका छन् भने स्थानीयहरु सानो कामको लागि पनि सदरमुकाम आउन वाध्य भएका छन्। गाउँपालिका केन्द्रको विषयमा सत्तारुढ नेकपाका जनप्रतिनिधि र नेताहरु नै विभाजित छन्।

गाउँपालिकाका अध्यक्ष लगायतकेही जनप्रतिनिधिले गाउँसभाको वहुमत निर्णयवाट लुवादहमा केन्द्र राख्ने निर्णय भएकोले कुनै पनि हालतमा सोही निर्णय सवैले मान्नु पर्ने वताउदै आएका छन्। गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर केसीले गत वैशाख ३० गतेको विशेष गाउँ सभाको वैठकको वहुमतले गाउँपालिकाको केन्द्र लुवादह हुनु पर्ने निर्णय गरेकोले सोहि अनुसार गाउँपालिकाको केन्द्र हुनु पर्ने वताए। उनले पुर्व एमालेकै नेताहरुले वहुमतको निर्णय नमान्ने चेष्टा गरेको र आफु कुनै पनि हालतमा लुहादह वाहेक अन्यत्र केन्द्र लिन नदिने अडानमा रहेको वताए। 

उता पुर्व एमालेवाट गाउँपालिकाको ९ नम्वर वडामा निर्वाचित वडाध्यक्ष रामवहादुर शाहीले लुवादह केन्द्र राख्नेबारे वहुमतको निर्णय भनेर गलत प्रचार गरिएको दाबी गरे। ‘किर्ते हस्ताक्षर गरेर वहुमत पुगेको हल्ला अध्यक्ष केसीले गरेका छन्,’ उनले भने। उनले गाउँपालिकाका ५७ जना जनप्रतिनिधिहरु मध्ये २२ जना आपूmहरुको पक्षमा रहेकोले लुवादहको पक्षमा दुइ तिहाइ वहुमत नपुग्ने वताए। नेकपा कर्णाली प्रदेशका सदस्य तथा पुर्व एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले दुइ पक्षबीच केन्द्रको विषयले धेरै विवाद ल्याएपछि दुवै ठाउँ भन्दा अर्काे विकल्पमा छलफल गराउने प्रयास भइरहेको वताए। 

गाउँपालिकाको केन्द्रको विवादले अहिलेसम्म गाउँमा कार्यालय सञ्चालन हुन सकेको छैन। गाउँपालिकाको सवै कार्यालयको काम सदरमुकाम खलंगामा घर भाडामा लिएर चलिरहेको छ भने कर्मचारीहरु पनि गाउँमा जान नसकेको वताइएको छ।  गाउँमा कार्यालय नभएपछि सानो कामको लागि पनि खलंगामा आउनु परेको स्थानीयको गुनासो छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पटक पटक सरकारले तोकेको गाउँपालिकाको केन्द्र सानाखोलामा गएर काम गर्न कर्मचारीहरुलाइ ताकेता गरे पनि जनप्रतिनिधिहरुका विचमा विवाद भएका कारण खलंगामै वस्न आफुहरु वाध्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले वताए।

 

प्रकाशित: २४ पुस २०७५ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App