coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जोखीमपूर्ण कर्णाली राजमार्गः सडकमै नाच्छन् गाडी

तस्बिरः डीबी बुढा

जुम्ला– गुठिचौर गाउँपालिकाका ऋशिकेश बुढा सुर्खेतदेखि जुम्ला आउदै थिए। जब उनी दैलेख कालिकोट खण्डको दहिखोला पुगे उनीको असहज यात्रा सुरु भयो। जताततै खाल्डै खाल्डो, सडकमा पानी र साँघुरोबाटो थियो । यात्रामा उनी निदाएनन् । निदाउन कसरी, मनमा जीवन कै प्रश्न मडारिएपछि। ‘सकुसल घर पुग्छौँ कि पुग्दैैनौँ? खाल्डा खुल्डीले सडकमै गाडी नाच्छ, तल हेर्यो एकोहोरो सुस्याउने तिला नदी, माथि हेर्यो कडा चट्टाने भीर। उनले भने, ‘सरकारी नजर नपुग्दा कर्णालीबासीले मृत्युसँग जुधेर यात्रा गरिरहनु परेकोछ ।’ 
ओटासिल गरेको सडकमा कालोपत्रे उप्किसकेको छ। बीच सडकमा ब्यापक हिलो छ । हिलोमा गाडी गुडाउन सकस हुने गरेको चालकहरु बताउँछन् । 
चन्दननाथ नगरपालिकाका धर्मेन्द्र रोकाया विद्यार्थी नेता हुन्। उनी यो पटक कर्णाली राजमार्ग हुँदै जुम्ला पुगे । तर उनको यात्रा सुरक्षित रहेन। ‘कर्णाली राजमार्गलाई सुधार्ने कसैले पनि योजना बुनेन्, स्तरोन्नतिका लागि बनेका योजना पनि कार्यन्वयन भएन्न, कर्णालीवासी अहिले ज्यान जोखीममा राखेर कर्णालीको सडक यात्रा गर्न बिवश छन्,’ उनले भने। उनका अनुुसार दहिखोला, गगने खोला, पिलीको भिर र खल्लागाडको खोलामा यात्रा गर्दा निकै जोखीम छ। ‘यो कठिन खण्डमा कर्णाली सरकारको मलहम पट्टीको खाँचो छ,’ उनले भने। 
तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया बुढा खल्लागाडको भीरमा थुप्रिएको हिलो पन्छाउन नसक्दा एक घण्टा रोकिनु परेको अनुभव सुनाँउछिन् । उनका अनुसार पिलीको भिरमा हिलाम्मे सडकले गाडी चढ्न सकेको थिएन। ‘बस हिलोमै नाच्न थाल्यो,’ उनले भनिन्, ‘बसलाई हिलोबाट पार लगाउने कुनै उपाय भएन अरु गाडीकासमेत यात्रु झरेर सडकमा वालुवा भर्ने र धानको भुस ल्याएर छरेपछि एक घण्टा पछि गाडी चढ्यो। ’ 
यात्रुले कर्णालीको दहिखोला देखि कालिकोट खण्ड सम्म स्काभेटर राखेर सडक मर्मतको व्यवस्थाका लागि माग गरेका छन् । दहिखोला देखि जुम्ला तर्फका बन्ने भनिएका पुल नबनेको ठाउँमै बढि खाल्डाखुल्डी छन् । कर्णाली राजमार्गमा बन्न लागेका पुल तत्काल बनाएर सडकलाई सहज बनाउन कर्णालीवासीले माग गरेका छन् । 
अहिले नेपालगंज देखि जुम्ला सम्म नियमित हवाई सेवा भएपनि सर्वसाधारणको पहुँचमा छैन्न । सुर्खेत सम्म नियमित हवाई सेवा हुुन सकेको छैन्। अहिले सम्म कर्णाली सडक यात्रुको बाध्यता बनेको छ। चन्दननाथ नगरपालिका भण्डारीगाउँकी पुजा भण्डारी कर्णाली सडको यात्रा गर्दा हजारौँ पटक भगवानलाई पुकार्ने गरेको बताउँछिन् । ‘सरकार सुखी नेपाली, समृद्ध नेपालको सपना बाड्छ, कर्णालीवासीले ज्यानको बाजी लगाएर यात्रा गर्नु परेको देख्दैन,’ उनले भनिन्, ‘नेता र सरकारी उच्च अधिकारी जहाज चढेर आउजाउ गर्ने भएकोले सर्वसाधारणको मर्कामा घुलिन हुन सकेका छैन्।’ 
कर्णाली सडकलाई दिइएको मृत्यु मार्गको उपमा हटाएर सहजपुर्ण यात्राको लागि कर्णाली राजमार्गको अभियान थाल्न कर्णालीवासीले प्रदेश र संघीय सरकार समक्ष माग गरेका छन् । कठिन खण्डमा स्काभेटर र डोजर तयारी अवस्थामा राखेर एक मिनेट पनि रोक्नु नपर्ने गरि कर्णाली सडकमा यात्रा गर्न पाउनु पर्ने उनीहरुको माग छ । हिउदमा पिलीभिर र खल्लागाड जोखिमपुर्ण ठाउँ हुन । वर्षायाममा दहिखोला, गगनेखोला,सुनार खोला, सेरीघाट, खल्लागाड र राचुली निकै जोखिमपूर्ण बन्छन्। 
बुलबुले यातायातका चालक उद्ध्व बस्नेत कर्णाली सडकको यात्रा कष्टपुर्ण भएको बताउँछन् ।उनका अनुसार कहाँ गाडी विग्रने हो, के हुने हो कुनै निश्चित नै हुदैन। ‘भगवानको भरमा गाडी चलाउँछौ, उनले भने, ‘घुम्ती मोडमा फराकिलो सडक छैन्, अधिकांस स्थानमा ट्राफिक संकेत देखिदैन्, अनुभवका आधारमा गाडी गुडाउदै आएका छौँ ।”
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराई कर्णाली राजमार्गमा बन्न लागेका पुल अहिले रफ्तारमा अघि बढेको बताउँछन् । उनका अनुसार दहिखोला देखि सुर्खेत सम्मको सडक खण्ड स्तरोन्नतीका लागि सरकार सक्रिय छ । उनले भने,“कर्णाली राजमार्गका पुल चाँडै बन्ने छन्, अहिले देखिएको सडकको जटिलता हट्ने छ । यात्रा सुरक्षित हुने छ ।

प्रकाशित: २४ पुस २०७५ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App