७ वैशाख २०८१ शुक्रबार
राजनीति

तमलोपा र सद्भावना एकीकरण हुने

काठमाडौं—महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ।

ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताए। सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रायले सो जानकारी दिँदै उनले सुनाए, 'तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ।

एकीकरणका लागि दुवै पार्टीका शीर्षनेताबीच गहन छलफल भइरहेको छ।' 'मधेसी मोर्चासँग सत्ता गठबन्धन काँग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ', उनले भने।

प्रकाशित: १६ आश्विन २०७३ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App