४ वैशाख २०८१ मंगलबार
कला

क्रिकेट संघर्षमा फिल्म

काठमाडौं – नेपालमा लोकप्रिय रहेको खेल क्रिकेटमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियामा बसोबासरत नेपाली युवा सुनोद श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सिड्नीमा घोषणा गरिएको हो।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सद्भावना दुतसमेत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्म निर्माणको घोषणा गरेका हुन्। कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेटकै विषयमा फिल्म निर्माणको घोषणा हुनु उत्साहजनक भएको बताए।

‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ। फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ’, कप्तान खड्काले भने।

मुख्य अभिनेता रहने श्रेष्ठ यही फिल्ममार्फत फिल्मी अभिनयमा ‘डेब्यु’ गर्दैछन्।  उनले २ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। श्रेष्ठले अष्ट्रेलियामा अभिनय सम्बन्धी डिप्लोमा कोर्षसमेत गरेका छन्।

प्रकाशित: २४ पुस २०७५ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App