७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘जेडटिई ब्लेड भी ७ लाइट’ बजारमा

काठमाडाैं-जेडटिई स्मार्टफोन बिक्रेता इभोलुसन इन्टरप्राइजेजले ‘जेडटिई ब्लेड भी ७ लाइट’ बजारमा ल्याएको छ । सो मोबाइलमा ५ इन्चको एचडी कर्भ एज डिस्प्लेका साथै अगाडिको क्यामेरा १३ मेगापिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेल रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नल स्टोरेज रहेको र एसडी कार्ड प्रयोग गरेर २५६ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा चल्ने यस फोनमा क्वार्ड कोर १ गिगाहर्ज प्रोसेसरको प्रयोग भएको छ । स्मार्टफोनको मूल्य १८ हजार ९ सय ९० रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १६ आश्विन २०७३ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App