६ वैशाख २०८१ बिहीबार
राजनीति

कार्यव्यवस्था बैठक अनिर्णीत

काठमाडौं – सभामुख कृष्णबहादुर महराले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक अनिर्णीत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिे आइतबारको बैठकमा गरेको सम्बोधनमाथि प्रश्नोत्तर नभए संसदको कारबाही अघि बढ्न नसक्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले बताए पछि बैठक निर्णयमा नपुगको हो।

सभामुख कृष्णबहादुर महराले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम नयाँ ढंगले राख्ने प्रस्ताव गरेका थिए। तर कांग्रेसले आइतबारको संसदबैठक जहाँदेखि रोकिएको हो त्यहाँबाट सुरु नभए संसद्को कारबाही अघि नबढाउने जनाएको छ। कांग्रेसले यसबारे निर्णय गर्न मंगलबार संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेस सचेतक पुष्पा भुषालले भनिन् ‘संसदको बैठक आइतबार जहाँबाट रोकिएको हो, त्यहीबाट प्रारम्भ नभए संसदको कारबाही अघि बढ्न सक्ने छैन।’ सत्तापक्षका सांसदले भने संसद्मा लिखितरूपमा दर्ता भएका प्रश्नहरूको सीधा उत्तर दिने गरी अबको संसद बैठक राख्नुपर्ने अडान लिएका छन्। आइतबारको संसदको बैठकमा सभामुखले तीन पटकसम्म कांग्रेस सांसद मिनेन्द्र रिजाललाई प्रश्न गर्न समय दिँदा पनि प्रश्न नगरेकाले अब त्यो विषयको निरन्तरता गर्न नहुने सत्ता पक्षदलका सदस्य कृष्णभक्त पोखरेल लगाएतले राखेका थिए। लिखित प्रश्नोत्तर कार्यक्रम राखेमा संसद् बैठक बस्नु १ घण्टा अघिसम्म दर्ता भएको प्रश्नको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख महराले आफूबाट आइतबारको बैठकमा भएको कमजोरीलाई स्वीकार गरेको समितिका एक सदस्यले बताए। उनले सदनमा प्रतिपक्षले आवाज उठाइरहेका बेला सदनमा अर्थसमितिका दुई विधेयक प्रतिवेदन पेस गराएका थिए।

प्रकाशित: २४ पुस २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App