७ वैशाख २०८१ शुक्रबार
समाज

गहना चोरेर पैसा झिक्न पसलमा पुग्दा पछाडी पुलिस !

काठमाडौँ–चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनले खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेका थिए।

मैतिदेवी स्थित ईन्द्र बहादुर विकले संचालन गरेको दक्षिणकाली सुनचाँदी पसलमा बिल समेत देखाई १ तोला बराबरको सुनको चुरा बन्दकी राखी नगद रुपैंयाँ लिन लागेको अवस्थामा पसल धनीलाई शंका लागेर प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ढकाललाई सोधपुछ र अनुसन्धान गर्दा १ थान सुनको चुरा, १ थान सुनको जन्तर, १ जोर कानमा लगाउने झुम्का समेत फेला परेको थियो।

प्रकाशित: १६ आश्विन २०७३ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App