भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

मङ्गलबार, २४ पुष २०७५, ०५ : ५० एजेन्सी

अबुधाबी – एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान  राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

सन् २०१७ देखि टोलीलाई सम्हालेका मिलोभानको टोली थाइल्यान्डले पहिलो हाफ १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको भारतले तीन गोल थप्यो। समूह ‘ए’ को दोस्रो खेलमा थाइल्यान्ड पराजित भएपछि प्रशिक्षक बर्खास्तीमा परेका हुन्।

‘भारतसँगको नतिजा थाइल्यान्ड र समर्थकका लागि उपयुक्त नतिजा होइन,’ थाइल्यान्ड फुटबल संघका प्रशिक्षक सोमयोट पुमपानमुङले भने, ‘एसिया कपको खेलमा थाइल्यान्डको यो निकै खराब नतिजा हो। यो नतिजा थाई समर्थकलाई बिलकुलै पाच्य छैन, सँगै म पनि नतिजाप्रति असन्तुष्ट छु।’

प्रशिक्षक मिलोभान बर्खास्त भएपछि सहायक पूर्वप्रशिक्षक सिरिसाक योदयार्दथाइले टोलीलाई सम्हाल्नेछन्। उनको प्रशिक्षणमा  थाइल्यान्डले समूहचरणका अन्य खेलमा बहराइन र आयोजक युनाइटेड अरब इमिरेट्स(युएइ)सँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्डले बिहीबार बहराइनसँग र आउने सोमबार आयोजक युएईसँग प्रतिस्पर्धा गर्दै छ।

बर्खास्त भएका मिलोभानले यसअघि अल्जेरिया र कतारलाई प्रशिक्षण गरिसकेका छन्। सन् २०१० को विश्वकपमा अफ्रिकी राष्ट्र घाना क्वार्टरफाइनल पुग्दा मिलोभान चर्चित बनेका थिए। घाना उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

अन्डरडग मानिएको भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्रीले थाइल्यान्डविरुद्ध दुई गोल गरे। यससँगै अर्जेन्टिनाका लियोनल मेसीले राष्ट्रिय टोलीबाट गरेको ६५ गोलको कीर्तिमानलाई उनले भंग गरेका छन्। सुनीलले भारतका लागि ६७ गोल गरेका छन्। थाइल्यान्डका प्रशिक्षक मिलोभानले भारतले रबाफिलो प्रदर्शन गर्दै जित निकालेको बताए।

‘भारतको खेल निकै प्रशंसनीय थियो, उनीहरु गोलका लागि संघर्ष गरिरहे। हामी आक्रामक देखियौं मात्र,’ मिलोभानले भने, ‘उनीहरू जितका लागि हकदार थिए। पहिलो हाफमा सन्तुलित प्रदर्शन गरे पनि दोस्रो हाफमा लयलाई निरन्तरता दिन सकेनौं।’

उता क्रिकेटको बादशाह मानिने भारतले भने एसिया कपमा ५५ वर्षपछि पहिलो जित आत्मसात् गरेको छ। यस्तै प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा सिरिया र प्यालेस्टाइनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘बी’ को दोस्रो खेलमा दुवै टोलीले राम्रा मौका पाए पनि सदुपयोग गर्न असफल भएका थिए। यसअघि भएको समूहको पहिलो खेलमा जोर्डनले अस्ट्रेलियालाई १–० ले स्तब्ध पारेको थियो।






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad