coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा तथ्यमै रहेर बाेलेको प्रधानमन्त्रीको दाबी

फाइल तस्बिर

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले तथ्यमै रहेर दलिल पेश गरेको दाबी गरेका छन्। यथार्थ कुरा बाेल्दा पनि अनावश्यक र आधारहीन टिप्पणी हुनेगरेको प्रति प्रधानमन्त्रीले आपत्ति जनाए।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पारे।  नयाँ तथ्याङ्क निर्माणमा अघि बढिरहेको सरकारलाई तथ्याङ्कहरुसँग खेल्नुपर्ने कुनै कारण नभएको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल लगायत सञ्चारमाध्यमहरुले प्रधानमन्त्री ओलीले संसदमा झुटा तथ्याङ्क उल्लेख गरेको भन्दै उनको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले त्यसकाे खण्डन गरेका हुन्। प्रधानमन्त्री ओलीले देश विकासका लागि उद्योगी, व्यवसायीको माग तत्काल सम्बोधन गरिने विश्वास दिलाए।

 

प्रकाशित: २३ पुस २०७५ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App