प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा प्रदर्शन

सोमबार, २३ पुष २०७५, १७ : ३० नागरिक

भक्तपुर - भक्तपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालाविरुद्ध भक्तपुरका पीडित किसानहरुले सोमबार फेरि विरोध प्रदर्शन गरेका छन्। पीडित किसानहरुको तर्फबाट गठित प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल नंखेलका किसानहरुले भक्तपुरको नंखेलबाट विरोध र्‍याली गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका हुन्।

कोणसभामा पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूले स्थानीयको बस्ती उठाएर रंगशाला बनाउन नदिने बताए। सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ तौडोल र महत गाउँंमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय रंगशालाको विरोधमा पटकपटक विरोध प्रदर्शन गर्दै आएका उनीहरु गत साता युवा तथा खेलकुद मन्त्रालयले पक्रिया अगाडि वढाउने तयारी गरेपछि आक्रोशित भएका हुन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने रङ्गशालाको लागि एक हजारदेखि आवश्यकता अनुसार एक हजार पाँंच सय रोपनीसम्मको जग्गा आवश्यक पर्ने अनुमान छ। यसका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने छलफलपछि सहमति भएको जनाइएको छ।

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजनाको माध्यमबाट गरिने जनाइएको छ। जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ।






यसमा तपाईको मत

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad