८ वैशाख २०८१ शनिबार
राजनीति

ओहोदाको प्रमाणपत्र प्रस्तुत

फाइल तस्बिर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 

राष्ट्रपति भण्डारीसमक्ष कोरिया, चीन, साउदी अरेबिया र स्वेडेनका राजदूत क्रमशः जो योङ म्यान, हउ याङ्की, मुसादबिन सुलेमान एम अलमाउने र क्लास मोलिनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे।

नेपालका लागि कोरिया, चीन र साउदी अरेबियाका राजदूत आवासीय कूटनीतिज्ञ हुन्। स्वेडेनका राजदूत गैरआवासीय हुुन्न्। त्यसअघि राजदूतहरुलाई विशेष सम्मानका साथ स्थानीय साङ्ग्रिला होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा सवार गराइएको थियो। रासस

प्रकाशित: २३ पुस २०७५ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App