७ वैशाख २०८१ शुक्रबार
अन्य

बसपार्कमा जताततै फोहरै

बसपार्कमा थुप्रिएको फोहोर। तस्बिर: श्याम राई

राजधानीको पुरानो बसपार्क फोहोरले दुर्गन्धित बनेको छ। फुटपाथका पसलबाट निस्किएको फोहोर व्यवस्थापनमा सरोकारवालाले चासो नदिँदा जताततै फोहोर थुप्रिएको हो।

फोहोर व्यवस्थापन नहुँदा यात्रुले सास्ती पाएका छन्। यात्रु सुनील रावत फोहोरको दुर्गन्धले गाडी समेत कुर्न नसकेको बताउँछन्। ‘जताततै फोहोर फालिएका छन्। खाल्डाखुल्डीमा जमेको पानी छ,’ उनले भने, ‘त्यहाँको दुर्गन्धले यात्रु सास्ती भोग्न बाध्य छन्।’ उनका अनुसार त्यहाँ फुटपाथका पसलहरू छन्। उनीहरूले जताततै फोहोर फाल्ने गर्छन्। तर, व्यवस्थापनको लागि कुनै नियमन निकायले चासो लिएका छैनन्।  व्यवस्थापनको लागि विभिन्न ठाउँमा फोहोर राख्ने भाडा राखे बसपार्क सफा हुने उनको अनुमान छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरले सरसफाइ अभियान ल्याएकाले बेलाबेलामा बसपार्कमा पनि सफा गरिने बताएका थिए। तर, अहिले बसपार्कमा फोहर थुप्रिएको छ। काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाइराम खड्गीले फोहोरमैला व्यवस्थापन गर्नको लागि ठेकेदारलाई दबाब दिँदै आएको बताए। ‘फोहोर उठाउन फोहोर ठेकेदारलाई दिँदै आएको छु,’ उनले भने, ‘त्यहाँको फोहोरहरू छिट्टै व्यवस्थापन हुन्छ।’ अव्यवस्थित फुटपाथका पसलले फोहोर भएकाले त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २३ पुस २०७५ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App