उपचार खर्च अभावले बालक सात वर्षदेखि बाँधिन बाध्य

सोमबार, २३ पुष २०७५, १२ : १९ नागरिक

कञ्चनपुर– जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिएनन्। 
जन्मिँदादेखि दुई वर्षको हँुदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भनिन्, ‘सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ।’ 
हिरादेवीको नाति रक्की १० वर्षको भएका छन । सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताइन्। 

हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उनका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताइन्। 
परिवारको साँझ बिहानको खर्च उठाउन त मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । ‘बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ’, उनले भनिन्, ‘छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ। कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस्।’ 

जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । 'चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन्,'उनले भनिन।

पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्रसमेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन् । समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनुपरेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए। 

“पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ”, उनले भने,'समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।' मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उनले बताए। 

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उनकाे भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि सघाउनसमेत गुहारेका छन् । रासस







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad