coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मकवानपुरमा बस दुर्घटना तीन जनाको मृत्यु

रौतहट–मकवानपुरको हाँडी खोला–२ मा यात्रु वहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको गोननपानीबाट  हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको यात्रुवहाक अनिन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी वामदेव गौतमले जानकारी दिए।

दुर्घटनामा ४५ जना घाइत भएका र उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक हुनेमा  हाँडी खाेला-२ का चार वर्षीय प्रनिस लामिछाने,  ३० वर्षीय  सूर्यबहादुर लामा, ३३ वर्षीया लभ्मी दाहाल रहेकाे प्रहरीले जनाएकाे छ। घाइतेको  मकवानपुर जिल्ला अस्पताल र चुरियाहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच अाजै भएकाे अर्काे बस दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। चित्लाङबाट हेटाैंडा जाँदै गरेकाे बा ३ ख ५०४ नम्बरकाे बस भीमफेदीमा दुर्घटना हुँदा चित्लाङ-६ का रामशरण विककाे मृत्यु भएकाे छ।

प्रकाशित: १६ आश्विन २०७३ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App