फुट

पुसमा पन्चेबाजा घन्किँदा

सोमबार, २३ पुष २०७५, १० : ५४ सरिता श्रेष्ठ

धादिङ - मंसिर महिना पछि आउने पुसमा न विवाह नै हुन्छ न त ब्रतबन्ध। लगन नभएको यो महिनामा धादिङबेसीमा पन्चेबाजा बज्दा स्थानीयहरू कान ठाडो पार्दै भेला हुन थाले। जिल्लाका विभिन्न ठाउँबाट भेला भएका पन्चेबाजाको समूह धादिङबेसीमा घन्किँदा छुट्टै रौनक छायो। लोप हुँदै गएको पन्चेबाजाको तालमा बच्चादेखि वृद्धवृद्धाहरू झुम्मिदा बाहुन, मगर, दलितलगायत विभिन्न जातजातिहरूले आफ्नै भेषभुषामा पन्चेबाजा बजाउन व्यस्त थिए।

जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो धादिङ १०६ मेगाहर्जको ११ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको ‘पन्चेबाजा प्रतियोगितामा यस्तो रौनक छाएको हो। प्रतियोगितामा धादिङ र आसपासका जिल्ला गरी ११ समूहको सहभागिता थियो। रेडियोले नेपालको राष्ट्रिय बाजा संरक्षणका लागि प्रतियोगिताको आयोजना गरेको जनाएको छ।

जिल्लाको नीलकण्ठ नगरपालिका–५ खाल्टेका दीपकराज खतिवडा पनि धादिङबेसीमा पन्चेबाजा बजाउन आएका थिए। २०६२ सालदेखि पन्चेबाजा बजाउन सुरु गरेका उनले आफैंले सिर्जना गरेको ‘काँधमा बाजा बोकेपनि छाडेको छैन जनै, बाहुनहरूले फुक्दा पनि बज्दो रहेछ सहनाई’ बोलको गीत गाउँदै विवाह, ब्रतबन्ध, सभा र समारोहमा पन्चेबाजा बजाउने गरेको बताए। उनका अनुसार उनीसहित २२ जना युवाहरूले जनही एक हजार उठाएर पन्चेबाजा किनेका थिए। आफैं बाजा किनेर आफै सिकेका युवाहरू अहिले देशभर नै व्यस्त छन्। उनीहरू पन्चेबाजा बजाउन बुटवल, पोखरा, बारा, पर्सा, चितवन, काठमाडौं पुगिसकेका छन्।

लोकबाजा, लोकसंस्कृतिका धरोहर र पन्चेबाजालाई संरक्षण गर्न अझै पनि हाम्रो समाजमा चेतना फैलिएको छैन्। पन्चेबाजा संरक्षण गर्न सबै जातजाति मिलेकोमा र आजको मितिसम्म पन्चेबाजालाई जीवित राख्न सकेकोमा दंग छु।

अहिले खतिवडा जस्तै पन्चेबाजा बजाउने युवा समूह राष्ट्रिय पन्चेबाजा संरक्षण समाज नामक संस्थामा जोडिएका छन्। उनले बाजा हरेक समुदायले बजाउन सकिने र लोप हुन नदिन अभियान नै बनाएर जुटेको बताए। ‘पहिले दलित समुदायका मानिसहरूले मात्र बजाइने पन्चेबाजा अहिले हरेक समुदायले बजाउने गर्दछन्’, खतिवडाले भने, ‘लोप हुनै लागेको बाजालाई बचाइराख्न २२ जना युवाहरू मिलेर बाजा सिकेका हौं।’ पन्चेबाजाको तालमा सहनाइ, नरसिंहा, ढोलक, टेम्को, दमाहा, झुर्मालगायतका बाजाहरू बजाइने गरिन्छ।

धादिङबेसीकी दुर्गा भण्डारी पनि आँखै अगाडि पन्चेबाजाको धुन सुन्न पाउँदा खुशी थिइन्। ‘सहर बजारमा आधुनिक ड्रमसेट तथा क्यासेटका गीतहरू मात्रै सुन्दै आएका थियौं’, भण्डारीले भनिन्, ‘समाजमा तल्लो जातले मात्र बाजा बजाउने हो भनी विभेद हटाउने र बाजा बजाएरै जीविकोपार्जनमा सघाउ पुर्‍याउन सके यो बाजा कालान्तरसम्म रहिरहनेछ।’

पुस्तौदेखि नै पन्चेबाजा बजाउँदै आएका दलित समुदायहरू अहिले पनि यही पेशालाई जीविकोपार्जनको माध्यम बनाईरहेका छन्। सानैदेखि पन्चेबाजा बजाउँदै आएका ज्यामरुङका ६३ वर्षे साने नेपाली अन्य जातिका मानिसहरूले बजाउँदा खुसी लागेको बताए। ‘लोकबाजा, लोकसंस्कृतिका धरोहर र पन्चेबाजालाई संरक्षण गर्न अझै पनि हाम्रो समाजमा चेतना फैलिएको छैन्’, नेपालीले भने, ‘पन्चेबाजा संरक्षण गर्न सबै जातजाति मिलेकोमा र आजको मितिसम्म पन्चेबाजालाई जीवित राख्न सकेकोमा दंग छु।’

विगतको तुलनामा जातीय विभेद धेरै कम भएको र ‘पन्चेबाजा दमाईंले मात्र बजाउने बाजा’ भन्ने धारणामा परिवर्तन आएको नेपालीको बुझाई छ। उनी आजकल कपडा सिलाउने काम अन्य जातिले पनि गर्न थालेजस्तै पन्चेबाजा दमाईंले मात्रै नभई मगर, गुरुङ तथा अन्य जाति तथा समुदायले पनि बजाउन थालेकोमा गर्व गर्छन्। ‘पहिले बाजा बजाउने हामी मात्र थियौं। अहिले अन्यले पनि बजाउन थालेका छन्’, नेपालीले भने, ‘यसबाट पन्चेबाजा संरक्षणमा थप सहयोग मिलेको छ।’

नेपालको राष्ट्रिय बाजाका रूपमा परिचित पन्चेबाजाको संरक्षण र सहभागिताका लागि प्रतियोगिताको आयोजना गरिएको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले बताए। ‘नेपालको राष्ट्रिय बाजा संरक्षणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ’, स्टेशन म्यानेजर शर्माले भने, ‘पन्चेबाजालगायत लोकबाजा नेपाली लोकसंस्कृतिको पहिचान र धरोहर हुन्। त्यसैले संरक्षणका लागि पहल गरेका हौं।’ २०६४ साल पौष २१ गतेदेखि धादिङवेसीबाट आफ्नो नियमित प्रसारणको आरम्भ गरेको रेडियोले यसअघि पनि पन्चेबाजा प्रतियोगिताको आयोजना गरेको थियो। रेडियोले नेपालमै पहिलो पटक चेपाङ भाषामा समाचार प्रसारण गरिरहेको छ।

प्रतियोगितामा सरस्वती पन्चेबाजा समूह ज्वालामूखी गाउँपालिका–७, चैनपुर प्रथम, युवा सांस्कृतिक पन्चेबाजा समूह बेलकोटगढी नुवाकोट द्वितिय र ब्रम्हायणी पन्चेबाजा समूह निलकण्ठ तृतिय भएका थिए। प्रथम, द्वितिय र तृतियले क्रमशः २०, १५ र १० हजार रूपैयाँ पुरस्कार पाएका थिए। विजेता तथा उपविजेतालाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

नेपाली लोकबाजा विभिन्न लोकभाका र लयमा सजिलै बजाउन सकिने नेपाली कला संस्कृतिको पहिचानसँग जोडिएका माध्यम हुन्। यस्ता लोकबाजाको संरक्षण र प्रवद्र्धन गर्नु आम नेपालीको साझा दायित्व हो। नयाँपुस्ता यसतर्फ आकर्षित हुन नसकेका तथा युवापुस्ताको पन्चेबाजाप्रति कम आकर्षण र विदेशी बाजाको बढ्दो प्रयोगले कालान्तरमा पन्चेबाजा लोप नहोला भन्न सकिन्न।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad